Archives April 1, 2023

प्रकाशित: शिलापत्र, नियात्रा टिभी, साझा सवाल,

आकाशगङ्गामा खर्बाैं तारा, करोडौँ आस्टरोइड उपग्रह, लाखौँ ग्रह छन्, यी कुनै पनि ग्रह उपग्रहमा अहिलेसम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन । तर, अति सुन्दर, रमणीय वातावरणमा मानव जातिको अस्तित्व रहेको एक मात्र ग्रह हो, हाम्रो पृथ्वी ।

पृथ्वीदेखि ९९.५ किलोमिटरमाथि आकाशलाई अन्तरिक्ष भनिन्छ, जहाँ शून्य वायुमण्डल, सुनसान, तीव्र तापक्रम, शून्य गुरुत्वाकर्षण बल रहेको छ । वैज्ञानिकहरूको लामो समयको मिहिनेत र अनुसन्धानपछि पहिलो पटक मानवसहित १२ अप्रिल १९६१ मा अन्तरिक्षयात्री युरी गागरिनलाई रूसले पठाएको थियो ।

अन्तरिक्षयात्रीलाई बस्न, सामान राख्न, इन्धन, खाना इत्यादिका लागि मिर स्पेस स्टेसन (सानो घर) १९८६ मा सोभियत संघले बनाएको थियो । याे स्टेसन पृथ्वीबाट झण्डै ३ सय ५८ किलोमिटर टाढा आकाशमा थियो भने ७.६९ किलोमिटर प्रतिसेकेन्डका दरले हाम्रो पृथ्वीलाई चक्कर लागाइरहेको थियो ।

यो निर्माण गर्न जम्मा खर्च ४.२ विलियन अमेरिकन डलर (करिब ५.५ अर्ब नेपाली रुपैयाँ) खर्च भएको थियो । विज्ञान तथा प्रविधिको तीव्र विकासले २० नोभेम्बर, १९९८ इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) पृथ्वीबाट रसियन प्रोटोल रकेटबाट अन्तरिक्ष (स्पेस) मा पठाइएको थियो । यसका लागि १ सय ५० विलियन अमेरिकी डलर खर्च गरिएकाे थियो । नेपालको कुल बजेट १३.७२ विलियन अमेरिकी डलर छ । आईएसएस स्थापनाका लागि २०१९–२०२० को नेपालको कुल बजेटभन्दा १०.९२ गुणा बढी खर्च लागेको थियो ।

२००० देखि अन्तरिक्षयात्री आईएसएसमा बस्दै आएका छन् । पृथ्वीदेखि ४ सय ८ किलोमिटर टाढा रहेकाे आईएसएसले पृथ्वीको परिक्रमा गर्न ९० मिनेट समय लगाउँछ  ।

२०२० मार्चसम्म २ हजार २ सय १८ मानव निर्मित भूउपग्रह अन्तरिक्षमा छन् भने तिनीहरूले आ–आफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटोसमेत खिच्ने गर्दछन् ।

हालसम्म कति अन्तरिक्षयात्री अन्तरिक्षमा (स्पेस) मा गएका छन ?

विश्वमा सबैभन्दा कम प्रोफेसनल रूपमा अन्तरिक्षयात्री छन् । अन्तरिक्षयात्री बन्नु सोचेजस्तो सरल काम हाेइन । मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । करिब ५ विज्ञान विद्याको ज्ञान भएको हुनुपर्छ । पूर्ण रूपमा निरोगी, निरन्तर २ वर्षको शून्य गुरुत्व बलको तालिम, समुन्द्रमुनिको तालिम, केही समयका लागि विनाअक्सिजन, विनालाइट संघर्षमै तालिम पास भएपछि मात्र अन्तरिक्षयात्रीका लागि निवेदन दिन मिल्छ ।

गत वर्ष मात्र नासाले १८ हजार ६ सय उम्मेदवारहरूको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जनालाई मात्र छनोट गरेको थियो ०.१५ ले  मात्र जागिर पाउने अथवा अन्तरिक्षमा जाने मौका पाउँछन् । यति न्यून सम्भावना हुँदा पनि मानिसहरूले प्रयासचाहिँ गरिरहेका हुन्छन् ।

हालसम्म ५ सय ७२ जना अन्तरिक्षमा गइसकेका छन् भने १९ जना अन्तरिक्षयात्रीहरूले प्राविधिक गल्तीका कारण ज्यान गुमाएका छन् ।

अन्तरिक्षमा पठाउँदा एक अन्तरिक्षयात्रीका लागि कति खर्च हुन्छ ?

अन्तरिक्षयात्री हुनका लागि न्यूनतम विज्ञान संकायमा स्नातक अथवा १ हजार घण्टा जेट प्लेन उडाएको अनुभव हुनुपर्छ । २ वर्षे तालिम धेरै महँगो हुने भएकाले गरिब देश तथा विपन्न परिवारका सदस्यका लागि असम्भव हुन जान्छ । इच्छुक जेहनदारलाई राज्यको कोषबाटै अनुदान तथा छात्रवृत्ति दिनुपर्ने हो । २ वर्षको तालिम खर्च मात्र २–३ करोड हुन्छ ।

एक अन्तरिक्षयात्रीले लगाउने स्पेससुट युनिफर्मको मात्र ४ सय ५० देखि ६ सय मिलियन अमेरिकी डलर (नेपाली ५० करोडदेखि १ अर्ब २ करोडसम्म) पर्दछ । एक दिनको खाना खर्च मात्र २० देखि  ८० हजारसम्म पर्न जान्छ ।

किन अहिले विश्वका स्पेस एजेन्सीहरूले खर्बौं डलर खर्च गरिरहेका छन् ?

सन् १९६० यता वैज्ञानिकहरूको गन्तव्य अन्तरिक्षका विभिन्न स्थान जस्तै: चन्द्रमा, मंगल ग्रह, ‘किप्लर–२० ई’ इत्यादितिर छ । यी ठाउँमा मानव बस्ती बसाउनका लागि वैज्ञानिक र स्पेस एजेन्सीहरू रातदिन खटिइरहेका छन् ।

हामी यतिसम्म ढुक्क हुन सक्छौँ कि अबको ७०(९० वर्षसम्म गरिब १० लाख मानिसहरू अन्तरिक्षमा र अन्य ग्रहमा हुनेछन्, किन भने विज्ञान तथा प्रविधिको तीव्र गतिमा विकास हुँदै छ। त्यो बेला मानव जातिका लागि रोजाइ, सुरक्षित स्थान ती ग्रह, उपग्रहहरू रहनेछन् । त्यही भएर अहिले स्पेस एजेन्सी र विकसित रास्ट्रहरू खर्बौं खर्च गरिरहेका छन् ।

पछिल्लो केही दशकदेखि मानव जातिले अन्तरिक्षका बारेमा धेरै चासो राख्दै आइरहेका छन् । अहिले पृथ्वीको एक टुक्रा जमिनको पनि कारोबार भइराखेको छ भने अबको केही दशकपछि ती ग्रह, उपग्रहहरूमा पनि यसरी नै कारोबार सुरु हुनेमा दुई मत छैन ।

के नेपाल सरकारले अन्तरिक्ष अभियान तथा संस्था बनाउन सक्छ ?

अवश्य, तर नीति बनाएर कार्यान्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ। अहिलेसम्म नेपालमा कुनै पनि अन्तरिक्षसँग सम्बन्धित सरकारी निकाय छैन । नेपाल एस्ट्राेनाेमिकल साेसाइटी (नासाे) ले अन्तरिक्षसँग सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्षसम्बन्धी चासो राख्ने युवाहरूलाई सम्मेलन तथा पठनपाठन गर्ने काम गरिराखेको छ।

अहिलेको २१औँ शताब्दीमा नेपाल सरकारले पनि स्पेस एक्सप्लाेरेसन र अभियान ल्याउनुपर्ने हो । गत २०७५ देखि मात्र नेपालमा बीटेक एराेस्पेस इन्जिनियरिङ पुल्चोकले ल्याएको छ । सुरुवात त हुँदै छ। अब नेपालले पनि चाँडै आफ्नै देशमा उत्पादन गरेका स्पेस एक्सप्लाेरेसनहरू हेर्न पाउनेछ। ९१.०१५ अन्तरिक्षयात्रीहरू बीटेकबाट नै छन् ।

शायद, नेपाल सरकारले आफ्नै स्पेस एजेन्सी अथवा संस्था बनाएर अन्तरिक्षमा रकेट पठाउन करिब ५०/६० वर्ष लाग्न सक्छ । सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नुपर्‍याे । त्योभन्दा ठूलो कुरा आर्थिक भार हुन जान्छ । एक पटक  मात्र रकेट पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९/२० को कुल बजेटकाे १० गुणा चाहिन्छ, यस्ताे ठूलाे बजेट कहाँ बाट ल्याउने ?

खर्बाैं भ्रष्टाचार भइराखेको छ । दिन प्रतिदिन अनावश्यक खर्च बढिराखेको छ । त्यो सबैलाई नियन्त्रण गरेर थोपाथोपा मिलेर समुद्र बन्छ भनेझैँ ५० वर्ष लाग्नेलाई ५/१० वर्षमै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्षसँग सम्बन्धित न त मन्त्रालय, न त विभाग नै छ, आखिर किन ?

के नेपाली वैज्ञानिकहरू अन्तरिक्षयात्री बनेर अर्को देशको नागरिक भएर अन्तरिक्षमा जान सक्लान् त ?

अवश्य, अबको एक दशकभित्र नेपाली आमाका सन्तान पनि अन्तरिक्षमा जानेछन् । तर, धेरै चुनौतीहरूसँग सघर्ष गर्नुपर्नेछ (जस्तैः  आर्थिक भार, साथ समर्थन, हौसला तथा प्रोत्साहन) ।

उदाहरणका लागि नासाको अन्तरिक्षयात्री हुनुभन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ । सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लिएर भए पनि अन्तरिक्षमा गएर नेपाली आमालाई खुसी राख्नेछन् भन्ने हामीहरूले आशा गरौँ । यो चाँडै देख्न र सुन्न पाइयोस् ।

कसैले म नेपाली आमाको सन्तान हुँ, म नेपाली रगत पनि अन्तरिक्षमा पुर्‍याउन चाहन्छु, म जस्तोसुकै परिस्थितिसँग लड्न तयार छु भन्ने बहादुर छोरा/छोरीलाई राज्यले पूर्ण रूपमा साथ, समर्थन, हौसला तथा प्रोत्साहनका साथै आर्थिक र भौतिक सहयोग गर्नुपर्छ। व्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इस्तिहासमा समावेश हुने भएकाले सबै एकजुट भएर सहकार्य गर्नुपर्छ ।

(लेखक शाही कर्णाली विज्ञान तथा प्रविधि केन्द्रका अध्यक्ष एवं राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जालका केन्द्रीय सदस्य हुन् । सं.)

प्रकाशित:Radio Sudursanchar , समाजकोआवाज, साझासवाल

युवा बैज्ञानिक वसन्त कुमार शाही अन्तरास्ट्रिय युवा बैज्ञानिक (अवार्ड स.न. २०१७  पेरिस फ्रान्स) बाट सम्मानित व्यक्ति हुन् । उनले नेपालको तर्फबाट सन् २०२७ मा राष्ट्रिय युवा प्रतिभाबाट पुरस्कृत व्यक्ति पनि हुन् । साथै उनले अन्य दर्जनौं अवार्ड तथा पुरस्कारहरु पाएका छन् । युवा बैज्ञानिक शाही कर्णाली बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्रका अध्यक्ष हुन् भने राष्ट्रिय युवा प्रतिभा तथा उधमी संजालका केन्द्रीय सदस्य समेत हुन् । उनी बैज्ञानिकले केहि प्रश्नका उत्तर तल दिएका छन् ।

अन्तरीक्ष भन्नाले के बुझिन्छ?

धेरै आकाशगङा जहाँ  खर्बौ तारा, करोडौं Asteroid, उपग्रह, लाखौं  ग्रहहरु रहेका छन् । कुनै स्थानमा अहिले सम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन तर अति सुन्दर, रमणीय वातावरण, मानव जातीक अस्तित्व रहेको एक मात्र ग्रह हो हाम्रो पृथ्वी ।

पृथ्वी देखि ९९.५ किलोमीटर माथी आकाशलाई अन्तरीक्ष (Space) भनिन्छ। जहाँ शुन्य वायुमण्डल, शुनशान, तिब्र तापक्रम, शुन्य गुरुत्व आकर्षण बल ( Gravity) रहेको छ। बैज्ञानिकहरुको लामो समय मिहेनत र अनुसन्धानले पछि पहिलो पटक मानव सहित स.न. १२ अप्रिल १९६१ मा Soviet Cosmonaut Yuri Gagarin (अन्तरिक्षान यात्री युरी गागरिन) लाई रूसले पठाएको थियो। अन्तरिक्ष यात्री लाई बस्न, समान राख्ने, इन्धन, खाना इत्यादी गर्नको लागि Mir Space Station(नेपाली भाषामा बुझ्नको लागि सानो घर) स.न. १९८६ मा Soviet Union ले बनाएको थियो जो पृथ्वीबाट झण्डै ३५८ किलोमिटर आकाशमा रहेको थियो भने ७.६९ किलोमिटर प्रति सेकेन्डका दर ले हाम्रो पृथ्वीलाई चक्कर लागाईरहेको थियो। यो निर्माण गर्नको लागि जम्मा खर्च ४.२ बिलियन अमेरिकन डलर (करिब ५.५ अर्ब नेपाली रुपैया) रहेको थियो। बिज्ञान तथा प्रबिधिको तिव्र गति बिकासले स.न. २० नोभेम्बर, १९९८ (International Space Station ISS) अन्तरास्ट्रिय अन्तरीक्ष स्टेशन पृथ्वी बाट Russian Proton Rocket बाट अन्तरीक्ष(स्पेस) मा पठाएको थियो। जस्मा १५० बिलियन अमेरिकन डलर खर्च गरेको थियो। नेपालको कुल बजेट १३.७२ बिलियन अमेरिकन डलर हरेको छ (२०१९-२०२०) नेपालको आर्थिक कुल बजेट  २०१९-२०२० को १०.९२ गुणा बढी खर्च लागेको थियो ISS निर्माण र स्थापना गर्न ।

स.न.२००० देखि अन्तरिक्षन यात्री ISS मा बस्दै आईरहेका छन । यस्ले पृथ्वीको परिक्रम गर्न ९० मिनेट समय लगाउन्छ भने ४०८ किलोमीटर पृथ्वी देखि आकाशमा रहेको छ।

स.न.२०२० मार्च सम्म २२१८ मानव निर्मित  भुउपग्रह (satellites) अन्तरिक्षमा हरेका छन् भने तिनी हरुले आ-आफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटो समेत खिच्ने गर्दछन।

हालसम्म कति अन्तरीक्ष यात्री अन्तरीक्षमा (स्पेस) मा गएका छन?

बिश्वमा सबै भन्दा कम प्रोफेस्नल रुपमा अन्तरीक्ष यात्री  (Astronaut) हरेका छन। अन्तरीक्ष यात्री बन्न सोचे जस्तो सरल छैन धेरै कठिन Practical, मानसिक राम्रो, करिब ५ बिज्ञान बिद्याको ज्ञान भएको, पुर्ण रुपमा निरोगी, निरन्तर  २ बर्षको Zero Gravity( शुन्य गुरुत्व बल) को तालिम, समुन्द्र मुनिको तालिम, केही समयको लागि बिना अक्सिजन, बिना लाईट सघर्षमै Training मा पास भए पछि मात्र अन्तरीक्ष यात्रीको लागि निवेदन दिन मिल्छ।  गत बर्षमात्र नासाले १८,६०० उम्मेदवारहरुको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जना लाई मात्र Select गरेको थियो ०.१% ले  मात्र जागीर पाउने अथवा अन्तरीक्षमा जाने मौका पाउन्छन। यति न्यून सम्भावना हुँदा पनि  मानिसहरु आशा बाट कहिले निराशा भएका छैनन् ।

हाल सम्म ५७२ जना अन्तरिक्षमा गईसकेका छन भने १९ जना अन्तरिक्ष यात्रीहरुको प्राबिधि गल्तिले ज्यान गुमाएका छन् ।

एक अन्तरीक्ष यात्री( Astronaut) को लागि कति खर्च हुन्छ अन्तरिक्षमा पठाउदा ?

अन्तरिक्ष यात्री हुनको लागि न्युनतम (Bachelor in Sciences Stream) अथवा १००० घण्टा जेट प्लेन उडाएको हरुले अन्तरिक्ष यात्रीको Training को लागि निवेदन दिन सक्छन। 2- Years- Training धेरै महँगो हुने भएकोले गरिब देशका तथा विपन्न परिवारका सदस्य हरुका लागि असम्भव हुन जान्छ इक्छु जेहेन्दार लाई राज्यको कोष बाटै अनुदान तथा छात्रवृत्ति दिनु पर्ने हो। दुई बर्षको Training खर्च मात्र गरिव रु. २-३ करोड आउन जान्छ।

Space Agency सस्थाहरु ले एक अन्तरिक्ष यात्रीले लगाउने (spacesuit) Uniform को मात्र ४५०-६०० मिलियन अमेरिकन डलर (नेपाली रु. ५०-१०२ करोड) पर्दछ। एक दिनको खाना खर्च मात्र २०-८० हजारको पर्न पर्न आउन्छ।

किन अहिले विश्वका Space Agency हरुले खर्बौ डलर खर्च गरिराखेका छन?

स.न.१९६० देखि यता बैज्ञानिकहरुको गन्तव्य अन्तरिक्षा का विभिन्न स्थान जस्तै (चन्द्रमा, मंगल ग्रह,  Kepler-20e,   इत्यादि) मानव जातिको वासस्थान गर्नको लागि बैज्ञानिक र  Space Agency हरु रातदिन खटिरहेका छन् । हामी यत्ती सम्म ठुक्क हुन सक्छौं कि अब को ७०-९० बर्ष सम्म गरिब १० लाख मानिसहरु अन्तरिक्षमा र अन्य ग्रहमा हुने छन किन भने बिज्ञान तथा प्रबिधिको तिव्र गतिमा बिकास हुदैछ। त्यो बेला मानव जातिको लागि रोजाई, सुरक्षित स्थान ती ग्रह, उप-ग्रह हरु रहने छन् । त्यही भएर अहिले Space Agency र विकसित रास्ट्रहरु खर्बौ खर्च गरिरहेका छन् । पछिल्लो केही दशक देखि मानव जातिले अन्तरीक्षको बारेमा धेरै चासो राख्दै आईरहेका छन्। अहिले पृथ्वीको एक ट्रुक्र जमिनको पनि कारोबार भईराखेको छ भने अबको केहि दशक पछि ती ग्रह, उप-ग्रह हरु मा पनि यसरी कारोबार हुने कुनै दुई मत नै छैन।

के नेपाल सरकारले अन्तरीक्ष अभियान तथा संस्था बनाउन सक्छ ?

अवस्य, तर नीति बनाएर कार्यन्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ । अहिले सम्म नेपालमा कुनै पनि अन्तरीक्ष सम्बन्धित सरकरी निकाय छैनन् । Nepal Astronomical Society NASO ले अन्तरिक्ष सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्ष सम्बन्धित चासो राख्ने युवाहरु लाई सम्मेलन तथा पाठन गर्ने काम गरि राखेको छ। अहिले को २१औं सताव्दीमा नेपाल सरकरले पनि Space Exploration र अभियान ल्याउनु पर्ने हो। गत २०७५ देखि मात्र नेपालमा BTech Aerospace Engineering पुल्चोकले ल्याएको छ सुरुवात त हुदै छ। अब नेपालले पनि चाडैं आफ्नै देशमा उत्पादन गरेका Aerospace Engineers हरु हेर्न पाउने छ। ९१.०१% अन्तरीक्ष यात्री हरु BTech बाट नै छन् ।

सायद, नेपाल सरकारले आफ्नै Space Agency अथवा संस्था बनाएर अन्तरीक्षमा Rocket पठाउने गरि ५०-६० बर्ष समय लाग्न सक्छ सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नु पर्यो त्यो भन्दा ठूलो कुरो आर्थिक भार हुन जान्छ एक पटक  मात्र Rocket पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९-२० को कुल बजेटको १० गुणा चाहिन्छ कहाँ बाट ल्याउने ?

खर्वौँ भस्ट्रचार भईराखेको छ, दिन प्रतिदिन अनावश्यक खर्च बढीराखेको छ, त्यो सबैलाई नियन्त्रण गरेर थोपा-थोपा मिलेर समुन्द्र बन्छ भने झै ५० बर्ष लाग्ने लाई ५-१० बर्ष मै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्ष सम्बन्धितको न त मन्त्रालय, न त विभाग नै छैन आखिर किन ?

के नेपाली बैज्ञानिकहरु अन्तरिक्ष यात्री (Astronaut)  बनेर अर्को देशको नागरिक भएर अन्तरिक्षमा जान सक्लान त?

अवश्य, अबको एक दशक भित्र नेपाली आमाको सन्तान पनि अन्तरिक्षमा जाने छन् तर धेरै चुनौतीहरुसंग सघर्ष गर्नुपर्ने आउनेछ जस्तैः  आर्थिक भार, साथ समर्थन, हौसला तथा प्रोत्साहन) उदाहरणको लागि नासाको अन्तरिक्ष यात्री हुनु भन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ, सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लगेर अन्तरिक्षमा गएर नेपाली आमालाई खुशी राख्नेछन् भन्ने हामीहरुले आशा गरौँ यो चाडैं देख्न र सुन्न पाईयोस । कसैले म नेपाली आमाको सन्तान हो म नेपाली रगत पनि अन्तरीक्षमा पुर्याउन चाहन्छु जस्तोसुकै परिस्थितिसंग लड्न तयारी छु भन्ने बहादुर छोरा/छोरी लाई राज्यले पुर्ण रुपमा साथ समर्थन हौसला तथा प्रोत्साहन साथै आर्थिक भौतिक हिसाबमा सहयोग गर्नुपर्छ । ब्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इतिहासमा समाबेश हुने भएकोले सबै एकजुट भएर सहकार्य गर्नु पर्दछ।