Archives April 2023

प्रकाशित:Radio Sudursanchar , समाजकोआवाज, साझासवाल

युवा बैज्ञानिक वसन्त कुमार शाही अन्तरास्ट्रिय युवा बैज्ञानिक (अवार्ड स.न. २०१७  पेरिस फ्रान्स) बाट सम्मानित व्यक्ति हुन् । उनले नेपालको तर्फबाट सन् २०२७ मा राष्ट्रिय युवा प्रतिभाबाट पुरस्कृत व्यक्ति पनि हुन् । साथै उनले अन्य दर्जनौं अवार्ड तथा पुरस्कारहरु पाएका छन् । युवा बैज्ञानिक शाही कर्णाली बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्रका अध्यक्ष हुन् भने राष्ट्रिय युवा प्रतिभा तथा उधमी संजालका केन्द्रीय सदस्य समेत हुन् । उनी बैज्ञानिकले केहि प्रश्नका उत्तर तल दिएका छन् ।

अन्तरीक्ष भन्नाले के बुझिन्छ?

धेरै आकाशगङा जहाँ  खर्बौ तारा, करोडौं Asteroid, उपग्रह, लाखौं  ग्रहहरु रहेका छन् । कुनै स्थानमा अहिले सम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन तर अति सुन्दर, रमणीय वातावरण, मानव जातीक अस्तित्व रहेको एक मात्र ग्रह हो हाम्रो पृथ्वी ।

पृथ्वी देखि ९९.५ किलोमीटर माथी आकाशलाई अन्तरीक्ष (Space) भनिन्छ। जहाँ शुन्य वायुमण्डल, शुनशान, तिब्र तापक्रम, शुन्य गुरुत्व आकर्षण बल ( Gravity) रहेको छ। बैज्ञानिकहरुको लामो समय मिहेनत र अनुसन्धानले पछि पहिलो पटक मानव सहित स.न. १२ अप्रिल १९६१ मा Soviet Cosmonaut Yuri Gagarin (अन्तरिक्षान यात्री युरी गागरिन) लाई रूसले पठाएको थियो। अन्तरिक्ष यात्री लाई बस्न, समान राख्ने, इन्धन, खाना इत्यादी गर्नको लागि Mir Space Station(नेपाली भाषामा बुझ्नको लागि सानो घर) स.न. १९८६ मा Soviet Union ले बनाएको थियो जो पृथ्वीबाट झण्डै ३५८ किलोमिटर आकाशमा रहेको थियो भने ७.६९ किलोमिटर प्रति सेकेन्डका दर ले हाम्रो पृथ्वीलाई चक्कर लागाईरहेको थियो। यो निर्माण गर्नको लागि जम्मा खर्च ४.२ बिलियन अमेरिकन डलर (करिब ५.५ अर्ब नेपाली रुपैया) रहेको थियो। बिज्ञान तथा प्रबिधिको तिव्र गति बिकासले स.न. २० नोभेम्बर, १९९८ (International Space Station ISS) अन्तरास्ट्रिय अन्तरीक्ष स्टेशन पृथ्वी बाट Russian Proton Rocket बाट अन्तरीक्ष(स्पेस) मा पठाएको थियो। जस्मा १५० बिलियन अमेरिकन डलर खर्च गरेको थियो। नेपालको कुल बजेट १३.७२ बिलियन अमेरिकन डलर हरेको छ (२०१९-२०२०) नेपालको आर्थिक कुल बजेट  २०१९-२०२० को १०.९२ गुणा बढी खर्च लागेको थियो ISS निर्माण र स्थापना गर्न ।

स.न.२००० देखि अन्तरिक्षन यात्री ISS मा बस्दै आईरहेका छन । यस्ले पृथ्वीको परिक्रम गर्न ९० मिनेट समय लगाउन्छ भने ४०८ किलोमीटर पृथ्वी देखि आकाशमा रहेको छ।

स.न.२०२० मार्च सम्म २२१८ मानव निर्मित  भुउपग्रह (satellites) अन्तरिक्षमा हरेका छन् भने तिनी हरुले आ-आफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटो समेत खिच्ने गर्दछन।

हालसम्म कति अन्तरीक्ष यात्री अन्तरीक्षमा (स्पेस) मा गएका छन?

बिश्वमा सबै भन्दा कम प्रोफेस्नल रुपमा अन्तरीक्ष यात्री  (Astronaut) हरेका छन। अन्तरीक्ष यात्री बन्न सोचे जस्तो सरल छैन धेरै कठिन Practical, मानसिक राम्रो, करिब ५ बिज्ञान बिद्याको ज्ञान भएको, पुर्ण रुपमा निरोगी, निरन्तर  २ बर्षको Zero Gravity( शुन्य गुरुत्व बल) को तालिम, समुन्द्र मुनिको तालिम, केही समयको लागि बिना अक्सिजन, बिना लाईट सघर्षमै Training मा पास भए पछि मात्र अन्तरीक्ष यात्रीको लागि निवेदन दिन मिल्छ।  गत बर्षमात्र नासाले १८,६०० उम्मेदवारहरुको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जना लाई मात्र Select गरेको थियो ०.१% ले  मात्र जागीर पाउने अथवा अन्तरीक्षमा जाने मौका पाउन्छन। यति न्यून सम्भावना हुँदा पनि  मानिसहरु आशा बाट कहिले निराशा भएका छैनन् ।

हाल सम्म ५७२ जना अन्तरिक्षमा गईसकेका छन भने १९ जना अन्तरिक्ष यात्रीहरुको प्राबिधि गल्तिले ज्यान गुमाएका छन् ।

एक अन्तरीक्ष यात्री( Astronaut) को लागि कति खर्च हुन्छ अन्तरिक्षमा पठाउदा ?

अन्तरिक्ष यात्री हुनको लागि न्युनतम (Bachelor in Sciences Stream) अथवा १००० घण्टा जेट प्लेन उडाएको हरुले अन्तरिक्ष यात्रीको Training को लागि निवेदन दिन सक्छन। 2- Years- Training धेरै महँगो हुने भएकोले गरिब देशका तथा विपन्न परिवारका सदस्य हरुका लागि असम्भव हुन जान्छ इक्छु जेहेन्दार लाई राज्यको कोष बाटै अनुदान तथा छात्रवृत्ति दिनु पर्ने हो। दुई बर्षको Training खर्च मात्र गरिव रु. २-३ करोड आउन जान्छ।

Space Agency सस्थाहरु ले एक अन्तरिक्ष यात्रीले लगाउने (spacesuit) Uniform को मात्र ४५०-६०० मिलियन अमेरिकन डलर (नेपाली रु. ५०-१०२ करोड) पर्दछ। एक दिनको खाना खर्च मात्र २०-८० हजारको पर्न पर्न आउन्छ।

किन अहिले विश्वका Space Agency हरुले खर्बौ डलर खर्च गरिराखेका छन?

स.न.१९६० देखि यता बैज्ञानिकहरुको गन्तव्य अन्तरिक्षा का विभिन्न स्थान जस्तै (चन्द्रमा, मंगल ग्रह,  Kepler-20e,   इत्यादि) मानव जातिको वासस्थान गर्नको लागि बैज्ञानिक र  Space Agency हरु रातदिन खटिरहेका छन् । हामी यत्ती सम्म ठुक्क हुन सक्छौं कि अब को ७०-९० बर्ष सम्म गरिब १० लाख मानिसहरु अन्तरिक्षमा र अन्य ग्रहमा हुने छन किन भने बिज्ञान तथा प्रबिधिको तिव्र गतिमा बिकास हुदैछ। त्यो बेला मानव जातिको लागि रोजाई, सुरक्षित स्थान ती ग्रह, उप-ग्रह हरु रहने छन् । त्यही भएर अहिले Space Agency र विकसित रास्ट्रहरु खर्बौ खर्च गरिरहेका छन् । पछिल्लो केही दशक देखि मानव जातिले अन्तरीक्षको बारेमा धेरै चासो राख्दै आईरहेका छन्। अहिले पृथ्वीको एक ट्रुक्र जमिनको पनि कारोबार भईराखेको छ भने अबको केहि दशक पछि ती ग्रह, उप-ग्रह हरु मा पनि यसरी कारोबार हुने कुनै दुई मत नै छैन।

के नेपाल सरकारले अन्तरीक्ष अभियान तथा संस्था बनाउन सक्छ ?

अवस्य, तर नीति बनाएर कार्यन्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ । अहिले सम्म नेपालमा कुनै पनि अन्तरीक्ष सम्बन्धित सरकरी निकाय छैनन् । Nepal Astronomical Society NASO ले अन्तरिक्ष सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्ष सम्बन्धित चासो राख्ने युवाहरु लाई सम्मेलन तथा पाठन गर्ने काम गरि राखेको छ। अहिले को २१औं सताव्दीमा नेपाल सरकरले पनि Space Exploration र अभियान ल्याउनु पर्ने हो। गत २०७५ देखि मात्र नेपालमा BTech Aerospace Engineering पुल्चोकले ल्याएको छ सुरुवात त हुदै छ। अब नेपालले पनि चाडैं आफ्नै देशमा उत्पादन गरेका Aerospace Engineers हरु हेर्न पाउने छ। ९१.०१% अन्तरीक्ष यात्री हरु BTech बाट नै छन् ।

सायद, नेपाल सरकारले आफ्नै Space Agency अथवा संस्था बनाएर अन्तरीक्षमा Rocket पठाउने गरि ५०-६० बर्ष समय लाग्न सक्छ सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नु पर्यो त्यो भन्दा ठूलो कुरो आर्थिक भार हुन जान्छ एक पटक  मात्र Rocket पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९-२० को कुल बजेटको १० गुणा चाहिन्छ कहाँ बाट ल्याउने ?

खर्वौँ भस्ट्रचार भईराखेको छ, दिन प्रतिदिन अनावश्यक खर्च बढीराखेको छ, त्यो सबैलाई नियन्त्रण गरेर थोपा-थोपा मिलेर समुन्द्र बन्छ भने झै ५० बर्ष लाग्ने लाई ५-१० बर्ष मै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्ष सम्बन्धितको न त मन्त्रालय, न त विभाग नै छैन आखिर किन ?

के नेपाली बैज्ञानिकहरु अन्तरिक्ष यात्री (Astronaut)  बनेर अर्को देशको नागरिक भएर अन्तरिक्षमा जान सक्लान त?

अवश्य, अबको एक दशक भित्र नेपाली आमाको सन्तान पनि अन्तरिक्षमा जाने छन् तर धेरै चुनौतीहरुसंग सघर्ष गर्नुपर्ने आउनेछ जस्तैः  आर्थिक भार, साथ समर्थन, हौसला तथा प्रोत्साहन) उदाहरणको लागि नासाको अन्तरिक्ष यात्री हुनु भन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ, सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लगेर अन्तरिक्षमा गएर नेपाली आमालाई खुशी राख्नेछन् भन्ने हामीहरुले आशा गरौँ यो चाडैं देख्न र सुन्न पाईयोस । कसैले म नेपाली आमाको सन्तान हो म नेपाली रगत पनि अन्तरीक्षमा पुर्याउन चाहन्छु जस्तोसुकै परिस्थितिसंग लड्न तयारी छु भन्ने बहादुर छोरा/छोरी लाई राज्यले पुर्ण रुपमा साथ समर्थन हौसला तथा प्रोत्साहन साथै आर्थिक भौतिक हिसाबमा सहयोग गर्नुपर्छ । ब्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इतिहासमा समाबेश हुने भएकोले सबै एकजुट भएर सहकार्य गर्नु पर्दछ।

प्रकाशित: ब्राहखरी , हेलोखाबर, नेपाल बहस, सेतोखाबर, सेतिकर्णाली खबर,

एक अध्यन अनुसार पछिल्लो अबस्थामा नेपाल बाट करिब ४६.५% युवाहरु खाडिमुलुकमा रोजगारीको सिलसिलामा गएको देखिन्छ। कुल नेपालको जनसंख्या को २८ प्रतिशत हुन् जान्छ, तर  नेपाल सरकारको आधिकारी वेवसाइटमा करिब १४ देखि १६ प्रतिशत बताएको छ ४२ लाख युवाहरु विदेशमा श्रम गरिरहेका छन्। नेपाली युवाहरुले पठाएको २०२२ को तथ्यांक अनुसार कुल GDP रु. ४७ खर्ब ७ अर्व (३६.२ विलियन अमेरीकन डलर) को २२ प्रतिशतले करिब १० खर्ब ७० अर्ब रेमिटेन्सबाट राज्यले संकलन गर्ने गर्दछ। नेपाल सरकारको तथ्यांक लाई मात्र आधार मान्ने हो भने (१० खर्ब ७० अर्ब/ ४२ लाख युवा) औसतमा प्रति युवाले रु. २,५४,७६१ प्रति वर्ष रेमिटेन्स बाट राज्य लाई बुझाउने गर्दछन्। तर दुर्भाग्य ति रेमिटेन्स पठाउने युवा विदेशमा सिकेको अनुभव लाई स्वदेशमै उद्धमशिलता, रोजगारी सिर्जना गर्न चाहन्छु भनेर अनुदान तथा ऋण उपलब्ध गराउन अनुरोध गर्दा राज्यले कुनै पनि दृष्टिकोण बाट पहल. हौसला एवं साथ् समर्थन दिएको देखिदैन पुन ति युवा निराश भएर सोहि खाडीमुलुकमा दोस्रो पटक प्रस्थान गर्छन। जहाँ ४०-४५ डिग्री तापक्रममा, आफ्नो र परिवारको ज्यानको बाजि थापेर भोको पेट पाल्न स्वदेशमै केही नभए पछि विदेश चलायन हुन बाध्य रहेका छन्। ती युवाहरुले पठाएको रेमिटेन्सले गर्दा ७१.३३% ले देश चलेको छ। ती युवाहरू स्वदेश आउँदा खै राज्यले रोजगारी तथा उद्धमशिलताको व्यबस्था गरेको? यदि राज्यले गर्न सक्दैन भने किन रेमिटेन्स बाट गरिब जनताको पैसा लिनु के-का लागि? बिकास निर्माणको लागी खै बिकासको उन्नति? बिकासका पूर्वाधारहरु जस्तै: सडक, यातायात, बिधुत, संचार, खानेपानी मात्र सम्पन्न गर्नु बिकास भनिदैन महोदय, बिकासका पूर्वाधार संगै जनशक्तिको बिकास र जनताको खुशी सबै भन्दा ठुलो बिकास हो। विश्वका सयौं धनि व्यक्तिहरु कहिल्यै रोजगारीको सिलसिलामा भौतारिएको पाईदैन, किन भने रोजगार केवल आफ्नो पेट लाई मात्र धान्न सकिन्छ अनि मुस्किल मुस्किल गरी परिवारको त्यही माथी नेपाल जस्तो गरिब देशमा न्युनतम तलब बाट मानिसका आधारभुत आवश्यकताहरु पूरा गर्न सकिरहेका छैनन् त्यहीँ भएर आर्थिक हिनामिना, भस्ट्रचार गर्न खोज्छन् आफ्ना दैनिक आवस्यकता पूरा गर्नको लागि।

विश्वका धनी व्यक्तिहरु कोहि पनि रोजगारी भएर धनी भएका होईन्, उधमशिलता बाट धनी भएका हुन् जस्तै माइक्रोसफ्टका मालिक बिलगेट्स, जेफ बेजोस, बेनार्ड , वारेन, ल्यारी, जुकभर, एलन मक्स जस्ता व्यक्तिहरु लाई राम्रो संग थाहा थियो हामी रोजगारको लागि भौतारिनु हुन्न उधमशिलता कसरी बन्ने तिर प्राथमिकता दिनु पर्छ भन्ने उनी हरुको मानसिक रुपमा बिकास भएको थियो तर हाम्रो देशमा उद्धमी बन्न खोज्दा कतै कानुनले रोकिदिने, कतै आर्थिकले एवं राज्यले लगानीको सुरक्षित नगर्दिने त्यहि भएर होला आजभोली अधिकांश युवाहरुले स्वदेशमै व्यवसाय गर्छु भन्दा घर परिवार बाट समेत साथ् पाउन नसकिने अबस्था सिर्जना भएको छ तर १५-२० लाख मिटर ब्याजमा पैसा निकालेर बरु विदेश जानको लागी सतप्रतिशत परिवारले साथ दिएको र खुशी भएको देखिन्छ। तपाई रोजगारी बन्नु भयो भने केवल तपाईले मात्र जागिर पाउनुहुन्छ अनि शिक्षित बन्न सक्नु हुन्छ त्यही माथी (न्युन तलबमा उदाहरणको लागि रु. ३०,०००) तर तपाई उधमशिलता गर्दै हुनुहुन्छ छ भने आय श्रोत पनि धेरै हुन्छ साथै २-४ जना अरु बिरोजगारी युवाहरु तथा आफन्तहरु लाई पनि रोजगार दिन सकिन्छ। रोजगारीमा हुँदा तपाईले कसैको नियन्त्रण मा बसेर काम गर्नु पर्छ कति तनाव, गाली, जस्ता कुरा लाई सहनुको पीडा कस्तो होला के गर्नु नेपालमा त्यही जागिर नपाएर लाखौं युवाहरु खाडिमुलुकमा जानू पर्ने बाध्य छ। तपाई उद्धमशिलता गर्नु भयो भने मालिक भएर स्वतन्त्र रुपमा काम गर्न पाउदाको आनन्द कस्तो होला एक छिन सोच्नुत; “अब युवा उद्धमी बन्नु पर्छ रोजगारी होईन” सरकारले “एक घर, एक युवा, एक उद्धमी” कार्यक्रम ल्याएर स्थानीय तह देखि केन्द्र सम्म गर्न जरुरी छ। राज्यले एक घरमा एक रोजगारी दियो भने एक घर परिवारमा न्युनतम ४ जना सदस्य हुन्छन् त्यस मध्य एक जनाले मात्र रोजगारी प्राप्त गर्छन भने अरु त्यही रोजगारीको भर पर्नु पर्छ यसरी धेरैको आफ्नो आधारभुत आवस्यकता पूरा नहुँदा आत्महत्या, डिप्रेशन समेत गर्न बाध्य हुन्छन्। राज्यले रहेक घरमा एक युवा लाई मात्र उद्धमी बनाउन सक्यो भने त्यो युवाले पछि परिवारका अन्य सदस्यहरु लाई समेत रोजगार दिन सक्छ यसरी गर्दा कोहि पनि बिरोजगारी बस्नु पर्ने छैन।

कसरी राज्यले खाडीमुलुकमा गएका युवाहरु लाई स्वदेशमा उद्धमी बनाउन सकिन्छ ?

Made For Minds को अध्यन रिपोर्ट अनुसार करिब २.७ मिलियन अर्थात २७ लाख युवाहरु खाडीमुलुकमा मात्र रहेको देखाएको छ। माथि हामिले हिसाब गरेको जस्तै: रु. २७ लाख * औसतमा प्रति युवाले रु. २,५४,७६१ प्रति वर्ष रेमिटेन्स बुझाउँदा प्रति वर्ष कुल ६ खर्ब ८७  अर्ब राज्य लाई ति युवाहरुले बुझाउँछन। राज्यले बिदेशी राजगारमा जाने श्रमिक लाई अनिवार्य  राष्ट्र बैंक मा खाता खोल्नु पर्ने त्यहि बाट मात्र स्वदेशमा सिधै पैसा पठाउन मिल्ने न्युनतम प्रति व्यक्तिले प्रति महिना रु. ४०,००० पठाउँदा बार्षिक रु. ४,८०,००० हुन् जान्छ न्युनतम २ बर्ष भिसाको म्याद हुँदा जम्मा रु. ९,६०,००० आम्दानी हुने गर्दछ। उक्त व्यक्तिले पठाएको Bank Statement को आधारमा २ गुणा बिना धितोको ऋण उपलब्ध गराउने हो भने रु. १९ लाख २० हजार ऋण दिने उक्त ऋणी किस्ता-किस्तामा गर्नु खोजेको व्यापार-व्यावसायको प्रोपोजल, प्रगतिविवरणको आधारमा ऋण दिने हो भने राज्यले लगानी गरेको रकम सुरक्षित पनि हुन्छ साथै कुनै पनि विदेशमा रहेका युवाहरुले हुण्डी बाट पैसा पठाउदैन जसले सहजै हुण्डी व्यापार बन्द हुन् जान्छ र बैधानिक माध्यम बाट स्वदेशमा आथिक भित्रिन सक्छ। उक्त रकम २ वर्षा भित्र न्युनतम ब्याज सहित राज्यलाई बुझाउनु पर्ने।

राज्यले लगानी गर्दिने ऋण रु. १९ लाख २० हजार र निजको कुल आम्दानी रु. ९ लाख ६० हजार गरी जम्मा रु. २८ लाख ८० हजार पुंजीको उद्धमशिलता गर्ने हो भने न्युनतम अन्य ५ जनाले रोजगारी पाउँछन खाडीमुलुक जान बाट बन्जित हुन्छन। ति २७ लाख खाडीमुलुकमा रहेका युवाहरुले पठाएको रकम को २५ प्रतिशत बाट युवा उद्धमशिलता कोष स्थापना गरी जम्मा गर्ने हो भने प्रति बर्ष १ खर्ब ७१ अर्ब हुन् जान्छ। प्रति व्यक्ति रु. १९,६०,००० दिने हो भने १ लाख खाडीमुलुक गएका युवाहरुले प्राप्त गर्ने सक्ने छन् भने प्रति उद्धमीले अन्य ६ जना लाई रोजगारी सिर्जना गर्न सकिन्छ जसमा प्रति वर्ष ६ लाख युवाहरुले प्रत्येक्ष रोजगार पाउने छन्। अर्को वर्ष पुन: ६ लाख युवाहरुले रोजगार  प्राप्त गर्नेछन् राज्यले दुई बर्ष पछी उद्धमशिलता ऋणको लागी २५ प्रतिशत दिनु नपर्ने त्यस पछी युवाहरुले लिएको ऋण ब्याज सहित चुक्ता गर्दै जानेछन् संकलन भएको रकमले अर्को बर्षको लागी व्यावस्था गर्न सकिन्छ। ५ बर्ष भित्र ति २७ लाख खाडीमुलुक गएका युवाहरुले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन ५ लाख युवाहरु उद्धमी बन्ने छन्। हरेक शहरमा स्वदेशी उत्पादन हुने छ बिदेशी बजारमा समेत स्वदेशी उत्पादन निर्यात  हुनेछ र बिदेशी पुंजी आयात हुने हुँदा अनि बन्ने छ नेपाल “बिकास र खुशी”

 

हजारौं युवा लाई उधमी बनाउन कसरी आर्थिक व्यवस्थापन गर्न सकिन्छ?

हो यो चुनौतीको कुरा हो तर अबस्य लाखौं युवाहरु लाई उधमी गर्न सकिन्छ न्युनतम रकममा। हामी सबै लाई थाहा नेपाल कृषि प्रदान देश हो तर आफुले उत्पादन गरेको ३ महिनाको लागि पनि खाना प्राप्त हुदैन हजारौं जनताहरु भोग मरि बाट अकाल्यमै ज्यान गुमाईरहेका छन् भने प्रत्येक दिन भारत बाट अरबौ खाद्यपर्दाथ आयात गरिरहेका छौँ। यो अबस्था लाई कसरी कृषि प्रदान देश? कृषि प्रदान देश भन्नले आफुले उत्पादन गरेको प्राप्त मात्रमा पुगि अनि खर्बौ ट्न बिदेशमा निर्यात गरि अरबौ रकम स्वदेशमा भित्राई बिकास निर्माणमा लगानी गर्न पर्दछ अनि देश समृद्धि हुन् सक्छ। हरेक स्थानीय तहले आफ्नो नागरिकको तथ्यांक संकलन गरि कुन युवा संग कस्तो क्षमता छ कसैलाई कृषिमा होला, स्वस्थ्यमा होला, ब्यापारी, उद्योगमा इत्यादि बुझेर त्यही अनुसारको अगाडि बढ्नु पर्दछ। कृषिको लागि राज्यले नै बिउ, आधुनिकरण कृषि औजार (ग्रुपमा) केही अनुदान दिने हो भने युवाहरु आफै उधमी हुन सक्छन। यसरी गर्दा राज्यको अर्थतन्त्र बलियो समेत कर पनि धेरै संकलन हुन् जान्छ राज्य लाई नै फाईदाजनक हो। जस्तै कसैले माछा पालन गर्छ भने माछाहरु दिने, लालु खेती गर्न चाहान्छ भने लालु बीउ दिने, व्यापार गर्न खोज्दै छ भने अनुदान को व्यवस्था गरि नेपाली उत्पादन गरेका कपडाहरु बिदेशका बजारमा समेत निर्यात हुने गरि, यसरी नै युवा लाई स्वदेशमै उद्धमी गर्न सकिन्छ। अहिले स्थानीय तहमा लाखौं भस्ट्रचार भईरहेको छ दिन प्रतिदिन आर्थिक हिनामिना हुँदा स्थानीय तहको बजेट नै सकिन्छ बिकास निर्माणमा भन्दा पनि। उदाहरणको लागि; कालिकोट जिल्लामा करिव ३९,००० घर दुरी रहेका छ ” एक घर, एक युवा, एक उद्धमी” कालिकोटमा ३९,००० युवाहरु लाई उद्धमी बनाउनु पर्यो।

१०,००० युवाहरुले लालु खेती मात्र गर्न चाहे प्रत्येक युवा लाई १,००० केजि आलु बीउ आवश्यक पर्यो भने १०,०००*१,०००= १ करोड केजि बिउ चाहिने भयो बीउ खरिद गर्दा राज्यले प्रति केजि रु. २० गर्दा २० करोडले १०,००० युवा उद्धमी हुने भए। २० करोड बिउले कम्तिमा १ अर्ब केजि आलु उत्पादन भयो भने रु. २० अर्ब आम्दानी हुने रहेछ। आलु फेरि बर्षमा तीन पटक हुन्छ। के युवा उद्धमीले अर्बौ आम्दानी गर्न थाले पछि राज्यले सहयोग गरेको अनुदानको ५ गुणा बढि दिन नसक्लान त? किन राज्यले युवाहरु लाई बिरोजगारीमा राख्दै छ? अनि आफू चाहिँ खर्बौ भस्ट्रचार गर्ने? १०,००० युवा उद्धमी गर्न २० करोड खर्च हुन्छ भने ३९,००० युवा लाई उधमी बनाउन ८० करोड +२० करोड आधुनिक कृषि औजार उपलब्ध गर्ने हो भने १ अर्बमा एक जिल्लामा “एक घर, एक युवा, एक उद्धमी” सम्पन्न हुने रहेछ। ७७ अर्ब पैसा भयो भने देशका ३० लाख युवाहरु लाई उद्धमी बनाउन सकिने रहेछ। ती ३० लाख युवाहरुले आफ्नो उद्धमी मा करिब २ जनाले मात्र रोजगार दिने सक्ने भने ६० लाख युवहरु रोजगारी+ ३० लाख युवाहरु उद्धमी अनि राज्यलाई कस्ले दिन्छ गालि? किन जान्छन युवा खाडीमा रोजगारको लागि? किन युवाहरु सडक मा बिरोध गर्छन?

 

कसरी राज्यले बिकशितमुलुकमा गएका युवा लाई स्वदेशमा अवसर दिन सक्छ?

Marcotrends को अध्यन अनुसार कुल जनसंख्याको ५.६६ प्रतिशत ले गर्दा जम्मा करिब १७ लाख नेपालीहरु बिकशितमुलुकमा रहेछन। विभिन्न अध्यन, अनुसन्धान, व्यवासायी गर्दै आईरहेका छन् न्युनतम प्रति महिनाको ४ लाख आम्दानी हुने गर्दछ अत्याधिक सेवासुबिधाहरु समेत प्राप्त गर्ने गर्दछन यो नेपालीको लागी खुशीहो तर दिर्गकालीन भने होईन अब हामि दिर्गकालिन अवसरको लागी ति १७ लाख नेपालीहरु लाई स्वदेशमै अवसर दिन सकिन्छ त? कसरी? नेपालको संबिधान देखि नीति तथा निर्माण समेत बिदेशी नागरिक, बिदेशी राष्ट्रहरु सहभागी हुने गर्दछन् के नेपाली नागरिकहरु सक्षम दक्ष नभएको हो त? कि नेपाली नागरिकहरु दक्ष सक्षम नभए किन गड अफ इन्साइट भनेर वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सान्दुक रुईत भनिन्छ? अमेरिकाको नासामा कार्यरत नेपाली युवा लुजेंद्र ओझा कसरी पत्ता लगाए मङ्गल गह्रमा पानी? नेपाल प्राकृतिक, जलस्रोत, खनिज, हावापानी, जडीबुटी, संस्कृति इत्यादीले धनी देशमा रहेको छ। बिज्ञान तथा प्रबिधि विश्वमा तीव्र गतीमा अगाडी बढिरहेको हुँदा विदेशमा रहेका दक्ष नेपाली नागरिकहरु लाई नेपाल सरकारले विभिन्न नीति निर्माण, राजनीतिक, अनुसन्धान, उच्चस्तरीय पदाधिकारीमा कार्य गर्न अवसर दिनु पर्ने जरुरी देखिन्छ। बिज्ञान तथा प्रविधिका टेक्नोक्याटहरु लाई अन्वेषणको लागी स्थान दिई स्वदेशमै अत्याधुनिक उपकरण जस्तै: कृषि औजार, स्वास्थ्य उपकरण इत्यादी  निर्माण गरी राज्य को अर्थतन्त्रमा टेवा पुग्न सक्थ्यो। सिंगापुरको मुख्य आयश्रोत भनेको नै पर्यटकहरु हुन् सिंगापुर हरेक वर्ष आफ्नुकुल जनसंख्याको ३ गुणा पर्यटक भित्राउने लक्ष्य लिन्छ। यदी नेपालले पनि आफ्नो कुल जनसंख्याको ५० प्रतिशत मात्र पर्यटकहरु भित्राउने लक्ष लिने हो भने करिब प्रत्येक वर्ष १.५ करोड पर्यटक भित्राउने सकियो भने न्युनतम एक पर्यटक रु १ लाख मात्र खर्च गरे भने कुल आम्दानी रु. १५ खर्ब संकलन गर्न सकिने रहेछ। नेपाल सरकारले ११ महिना मा करिब २ खर्ब ४८ अर्ब को पेट्रोल, डिजेल आयात गरेको थियो एक महिना २२ अर्ब बराबर पेट्रोलियम प्रदार्थ आयात गरेको थियो। यदी नेपाल सरकारले ति दक्षजनशक्ति लाई प्रोत्साहन गरी स्वदेशमै पेट्रोल खानी उद्योग बनाएको भए हजारयौ युवाहरुले रोजगारी  प्राप्त गर्थे भने प्रत्येक वर्ष झन्डै २ खर्ब ६० अर्ब विदेश पठाउनु पर्थेन होला यदि भारतले पेट्रोल दिएन भने नेपालको हालत के होला?

गत बर्षमात्र नेपालमा हरियो तरकारी रु. ३४ अर्ब आयात  भएको थियो त्यसै गरी TrendEconomy का अनुसार खाध्य चामलमा रु. ५९ अर्ब ११ महिना भित्र आयात, पिउने पानी करिब रु. ६१ करोड को आयात गरेको छ विश्वको दोस्रो जलस्रोत धनी देश मेरो देश नेपाल——

 

युवा बैज्ञानिक वसन्त कुमार शाही

अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड स.न. २०१४ पेरिस फ्रान्स

राष्ट्रिय युवा प्रतिभा तथा पुरस्कृत स.न. २०१७ नेपाल सरकार