Archives 2023

प्रकाशित: अर्थ सरोकार
कोरोना भाईरस (कोभिड-१९) ले गर्दा करिव ४ अर्व मानिसहरु लकडाउनको सिकार भइरहेका छन् । हरेक देशका नागरिकहरु आफ्नै देशमा सुरक्षित साथ बसिरहेका छन् भने करिब ९० करोड ५० लाख मानिसहरु अन्य देशको लकडाउनमा असुरक्षित रहेका छन् । प्रत्येक देशले आ-आफ्ना नागरिकहरुलाई सुरक्षित उद्धार गरिरहेका छन् भने ४७ देशहरु उद्धार गरिसकेका छन् । नेपालमा पनि झण्डै ४० लाख, ९० हजार नागरिकहरु बिदेशमा रहेका छन् भने सबै भन्दा बढी छिमेकी राष्ट्र भारतमा करिब १५ लाख रहेका अनुमान गरिएको छ । भारतबाट मात्र करिब १० लाख नागरिकहरु नेपाल आउन तयारी रहेको नयाँ दिल्ली स्थिति नेपाली दुतावासले जनाएको छ । नेपाली नागरिकहरु लाई सुरक्षित साथ उद्धार गर्न सकिने निम्न विधिहरु रहेका छन् ।
भारतमा रहेका नागरिक नेपाल आउने चाहानेहरुको नामावली तयार गर्ने । भारतको कुन स्थानबाट नेपालको कुन प्रदेशको पालिकासम्म नेपाल सरकारले भारतमा रहेको दुतावासले नीज नागरिक रहेको स्थानिय अस्पताल र प्रहरीसँग समन्वय गरी भारतको स्थानीय तहबाट आरडिटि परिक्षण गराउने कुनै लाई पोजेटिभ (कोरोना देखियो) भने संक्रमित ब्यक्तिलाई त्यहीँ आईसोलेसनमा राख्ने । अन्यलाई बसमा राखी नेपालको बोर्डरसम्म ल्याउने । तिनीहरुलाई नेपालमा प्रवेश गराउनु भन्दा पहिला फेरि आरडिटि परिक्षण गराउने कोरोना देखिएकालाई त्यहीँ राम्रोसँग आईसोलेशनमा राखी थप उपचार तथा परिक्षण गराउने । संक्रमण नदेखिएको लाई नेपालको बसमा राखी बसको सबै ढोका तथा झ्याल बन्द गराई कतै नखोली दिशा पिशाब गराउनु पर्यो भने पनि करिब ५० किलोमीटर दुरीमा रहेको सुनशान जङ्गलमा गराउने दिशा तथा पिसाब, र्याल, खकार फालेको ठाउँमा माटोले तोड्ने । यसरी प्रत्येकको स्थानीय तहसम्म पुर्याउने । अहिले हाम्रोमा क्वारेन्टाइन गाउँको नजिकको बिधालयमा बनाएको छ, यो नै सबै भन्दा खतरानाजनक हो । हाम्रो नेपालमा हिमाली भाग जहाँ ५०-२०० किलोमीटर सम्म नजिक कुनैको बासस्थान छैन् त्यो ठाउँमा राज्यले WHO को मापदण्ड अनुसार क्वारेन्टाइन बनाउनुपर्छ । बाहिर देशबाट आएका नागरिकलाई त्यही थप परिक्षण तथा उपचार गराउनु पर्दछ ।
प्रश्न यो पनि आउन सक्छ राज्यले १० लाख भारत बाट आउने नागरिकको प्रत्येक लाई कसरी परिक्षण गराउन सक्छ ? मेडोसियन स्यान कम्पनीका अनुसार आरडिटि परिक्षण गरेको $5 अथवा रु. ५२० रहेको छ। भने जम्मा खर्च ५००*१०,००,०००= रु. ५० करोड खर्च हुन जान्छ । तिनीहरु उद्धार गर्न लाग्ने अन्य खर्च रु २० करोड, क्वारेन्टाइन बनाउन २० करोड, व्यबस्थापन गर्न १० करोड जम्म रु. १ अर्ब हुन जान्छ । आफ्ना देशका नागरिक लाई सकुशल उद्धार गर्न लाग्ने १ अर्ब लाई पनि कहाँ बाट ल्याउने भन्छ भने राज्यले, २ करोड ८० लाख नागरिकले प्रत्येकले ४५ पैसा मात्र उठाए पनि यो अनुकरणीय मानद्निय काम गर्न सकिन्छ ।
राज्य किन मौन छ ? खर्बौ भ्रष्टाचार हुने देशमा आफ्नै नागरिकलाई उद्धार गर्न १ अर्ब खर्च गर्न नसक्ने ? परिक्षण गरेर कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर निरन्तर परिक्षण गरिसकेपछि त्यस्तो कुनै किसिमको लक्षण देखिएन भने नागरिकहरु लाई आ-आफ्नो घर पठाउन सकिन्छ । यसरी गर्दा अन्य देशबाट आएका नागरिकहरुले गर्दा स्वदेशमै भएका नागरिकहरु लाई संक्रमण हुने न्युन रहन जान्छ । हरेक नागरिकको कानसम्म पुग्ने संदेश मुलक आवाज केन्द्र सरकर देखी स्थानीय सरकार सम्म जनचेतनामुलक सन्देश पठाउनु पर्छ । गाउँको विद्यालयमा बनाएको क्वारेन्टाइनलाई हिमाली पहाड अथवा ५०-८० किलोमीटर वासस्थान नभएको स्थानमा क्वारेन्टाइन बनाउनु पर्दछ । कोरोना भाईरस ब्यक्तिको सम्पर्कबाट मात्र नभएर हावाको माध्यमबाट पनि केही दुरीसम्म सजिलै सर्ने भएकोले विद्यालयका क्वारेन्टाइन तत्काल अन्य क्षेत्रमा सार्न सकिन्छ । स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीहरुलाई अत्याधुनिक पोशाकको (PPE) राज्यले तुरुन्तै उपलब्ध गराउनु पर्दछ ।
स्वदेशमै रहेका नागरिक अथवा जोखिम क्षेत्र रहेका आ-आफ्नो पालिकाले आफ्नो नागरिको आरडिटि परिक्षण गराउनु पर्दछ । पोजेटिभ देखिएकोहरुलाई आईसोलेशनमा थप परिक्षण तथा उपचार गराउने । सबै नागरिक र सरकार एकजुट भएर यो सकटबाट मुक्ति गराउनुपर्छ । धेरै विकल्प रहेको छन्, जसमध्ये सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धानकर्ता तथा बैज्ञानिकहरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ ।
नेपालको झण्डै २,८०,००,००० सम्पूर्ण मानिसमा COVID 19 परिक्षण गराउनु पर्छ सबै बिदेशबाट आउने नाका सिल गरी, COVID 19 देखिएकाहरुलाई हिमाली भागमा अस्पताल बनाएर त्यहाँ थप परिक्षण तथा उपचार गराउनुपर्छ । त्यसपछि नेपालभित्र लकडाउन खोली राज्यले आफ्ना गतिविधिहरु तिव्र गतिमा बिकास निर्माणको काममा लगाउन सक्छ ।
विश्व रास्ट्र संघमा सदस्य भएका १९३ रास्ट्रमा झण्डै ५१,९४,००० संक्रणमित, ३,३४,६०० संक्रणमितको निधन भईसकेको छ । अझै संक्रणमित हुने लगभग २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्ययनले देखाएको छ । फेब्रुअरीबाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाखभन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० विश्वविद्यालय तथा विद्यालय बन्द रहेका छन भने करिब ४ अर्व मानिसहरु लकडाउनको सिकार भईराखेका छन् । अहिले मानव जातिमा बिशेष गरी १०-१८ मुनिका बालबालिका र ५५-६५ बर्ष वृद्धि हरुमा १३.५०% ले डिप्रेशन देखिएको छ र गर्वति महिलाको संख्या दर २१.०१%ले वृद्धि रहेको छ । यसरी विश्वको Lockdown १ बर्ष सम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब ७०-८०% कमि हुने देखिएको छ जसले प्रत्यक्ष असर बिकास निर्माणका काममा पार्ने छ ।
घरमै बसौँ ! कोरोनाविरुद्ध लडौँ !!
वसन्त कुमार शाही 
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड स.न. २०१३, पेरिस, फ्रान्स 
कर्णालीको पहिलो “राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७ 
अध्यक्ष: कर्णाली बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र 
केन्द्रीय सदस्य: राष्ट्रिय युवा प्रतिभा तथा उधमी संजाल, नेपाल सरकार

प्रकाशित: गोरखापत्र अनलाईन 

अन्तरिक्ष त्यो हो जहाँ धेरै आकाशगङ्गा जहाँ खर्बौं तारा, करोडौँ एस्ट्रोइड (उल्का), उपग्रह, लाखौँ ग्रहहरू छन् । यीमध्ये अति सुन्दर, रमणीय वातावरण, मानव अस्तित्व रहेको एक मात्र ग्रह हो हाम्रो पृथ्वी । अरू कुनै स्थानमा अहिलेसम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन ।
पृथ्वीदेखि ९९.५ किलोमिटर माथि आकाशलाई अन्तरिक्ष (स्पेस) भनिन्छ जहाँ शून्य वायुमण्डल, सुनसान, तीव्र तापक्रम, शून्य गुरुत्वाकर्षण बल (ग्राभिटी ) छ । वैज्ञानिकहरूको लामो समय मिहिनेत र अनुसन्धानपछि पहिलोपटक सन् १२ अप्रिल १९६१ मा रूस (तत्कालीन सोभियत सङ्घ) ले युरी गागरिनसहित अन्तरिक्षयान अन्तरिक्षमा पठाएको थियो । अन्तरिक्षयात्रीलाई बस्न, खाना, इन्धन सामान राख्न, इत्यादि गर्नका लागि मिर स्पेस स्टेशन (सानो घर) सन् १९८६ मा सोभियत सङ्घले नै बनाएको थियो जो पृथ्वीबाट झण्डै ३५८ किलोमिटर टाढा आकाशमा थियो भने ७.६९ किलोमिटर प्रति सेकेन्डका दरले हाम्रो पृथ्वीलाई चक्कर लगाइरहेको थियो । यो निर्माण गर्न जम्मा खर्च ४.२ बिलियन अमेरिकी डलर (करिब ५.५ अर्ब नेपाली रुपियाँ) भएको थियो । सन् १९९८ नोभेम्बर २० मा पृथ्वीबाट रुसले प्रोटोन (अणु) रकेटबाट अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पठाएको थियो जसमा १५० बिलियन अमेरिकी डलर खर्च गरेको थियो । अर्थात् नेपालको कुल बजेट २०१९–२०२० को १०.९२ गुणा बढी खर्च लागेको थियो आईएसएस निर्माण र स्थापना गर्न ।
सन् २००० देखि अन्तरिक्षयात्री आईसएसमा बस्दै आइरहेका छन् । यसले पृथ्वीको परिक्रमा गर्न ९० मिनेट समय लगाउँछ भने पृथ्वीदेखि ४०८ किलोमिटर टाढा आकाशमा छ ।
सन् २०२० मार्चसम्म दुई हजार २१८ मानव निर्मित भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा छन् भने तिनीहरूले आआफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटोसमेत खिच्ने गर्दछन् ।

अन्तरिक्षका यात्री कति ?
विश्वमा प्रोफेसनल (व्यावसायिक) रूपमा सबैभन्दा कम अन्तरिक्ष यात्री (एस्ट््रोनउट) छन् । अन्तरिक्षयात्री बन्न सोचेजस्तो सरल छैन । धेरै कठिन प्रायोगिक, मानसिक राम्रो, करिब पाँच विज्ञान विद्याको ज्ञान भएको, पूर्णरूपमा निरोगी, निरन्तर दुई वर्षको शून्य गुरुत्व बलको तालिम, समुद्रमुनिको तालिम, केही समयको लागि बिना अक्सिजन, बिना लाइट सङ्घर्षपूर्ण तालिममा उत्तीर्ण भएपछि मात्र अन्तरिक्षयात्रीका लागि निवेदन दिन पाइन्छ । गतवर्ष मात्र नासाले १८ हजार छ सय उम्मेदवारको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जनालाई मात्र छनोट गरेको थियो । ०.१५ ले मात्र जागिर पाउने अथवा अन्तरिक्षमा जाने मौका पाउँछन् । यति न्यून सम्भावना हुँदा पनि मानिस कहिल्यै निराश भएका छैनन् ।
हालसम्म ५७२ जना अन्तरिक्षमा गइसकेका छन् भने १९ जना अन्तरिक्षयात्रीले प्राविधिक गल्तीका कारण ज्यान गुमाएका छन् ।

खर्च कति ?
अन्तरिक्षयात्री हुनका लागि न्यूनतम विज्ञानधारतर्फ स्नातक अथवा एक हजार घण्टा जेट प्लेन उडाएकाहरूले अन्तरिक्ष यात्रीको तालिमका लागि निवेदन दिन सक्छन् । दुईवर्षे धेरै महँगो हुने भएकाले गरिब देशका तथा विपन्न परिवारका सदस्यका लागि असम्भव हुन जान्छ । इच्छुक, जेहेन्दारलाई राज्यकोषबाटै अनुदान तथा छात्रवृत्ति दिनुपर्ने हुन्छ । दुई वर्षको तालिम खर्च मात्र रु. दुई–तीन
करोड हुनपुग्छ ।
एक अन्तरिक्षयात्रीले लगाउने पोशाक – युनिफर्मको मात्र ४५०–६०० मिलियन अमेरिकी डलर (नेपाली पाँचदेखि–१०२ करोड रुपियाँ ) पर्दछ । एक दिनको खाना खर्च मात्र २०– ८० हजारको पर्न आउँछ ।

किन स्पेस एजेन्सीहरूले खर्बौं डलर खर्च गरिराखेका छन् त ?
सन् १९६० देखि यता अन्तरिक्षका विभिन्न स्थान जस्तै–चन्द्रमा, मङ्गल ग्रह, केपलर २० ई आदि) मा मानव जातिको वासस्थान सम्भाव्यता खोजी गर्न वैज्ञानिक र स्पेस एजेन्सीहरू लागिपरेका छन् । वैज्ञानिकहरूको विश्वास छ कि अबको ७०–९० वर्षसम्ममा करिब १० लाख मानिस अन्तरिक्षमा र अन्य ग्रहमा हुनेछन् किनभने विज्ञान तथा प्रविधिको तीव्र गतिमा विकास हँुदैछ । त्यो बेला मानव जातिको लागि रोजाइ, सुरक्षित स्थान ती ग्रह, उपग्रहहरू रहनेछन् । त्यही भएर अहिले स्पेस एजेन्सी र विकसित राष्ट्रहरूले खर्बौं खर्च गरिरहेका छन् । पछिल्लो केही दशकदेखि मानव जातिले अन्तरिक्षका बारेमा धेरै चासो राख्दै आइरहेका छन् । अहिले पृथ्वीको एक टुक्रा जमिनको पनि कारोबार भइराखेको छ भने अबको केही दशकपछि ती ग्रह, उपग्रहमा पनि यसरी कारोबार हुनेछ ।
नेपाल सरकारले पनि अवश्य नै अन्तरिक्ष अभियान तथा संस्था अगाडि बढाउन सक्छ तर नीति बनाएर कार्यान्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ । अहिलेसम्म नेपालमा कुनै पनि अन्तरिक्ष सम्बन्धित सरकारी निकाय छैनन् । नेपाल एस्ट्रेनोमिकल सोसाइटी (नासो) ले अन्तरिक्ष सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्ष सम्बन्धित चासो राख्ने युवालाई सम्मेलन तथा पाठन गर्ने काम गरिराखेको छ । अहिलेको युगमा नेपाल सरकारले पनि अन्तरिक्ष अन्वेषण र अभियान चलाउनुपर्ने हो । गत २०७५ देखि मात्र नेपालमा पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसले बी–टेक एरोस्पेस इञ्जिनियरिङ कार्यक्रम ल्याएको छ । सुरुवात त हुँदैछ अब नेपालले पनि चाँडै आफ्नै देशमा उत्पादन गरेका एरोस्पेस इञ्जिनियरहरू देख्न पाउनेछ । ९१.०१ प्रतिशत अन्तरिक्षयात्रीहरू बी– टेकबाट नै बनेका छन् ।
सायद नेपाल सरकारले आफ्नै स्पेस एजेन्सी अथवा संस्था बनाएर अन्तरिक्षमा रकेट पठाउन ५०–६० वर्ष समय लाग्न सक्छ । सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नुप¥यो । त्योभन्दा ठूलो कुरो आर्थिक भार हुन जान्छ । एकपटक मात्र रकेट पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९–२० को कुल बजेटको १० गुणा चाहिन्छ कहाँबाट ल्याउने ?
अर्बौं रुपियाँ भ्रष्टाचार भइराखेको छ, दिन प्रतिदिन अनावश्यक खर्च बढिराखेको छ । त्यो सबै नियन्त्रण गरेर थोपा थोपा मिलेर समुद्र बन्छ भने झैँ ५० वर्ष लाग्नेलाई पाँच दश वर्षमै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्ष सम्बन्धित न त मन्त्रालय, न त विभाग नै छैन । किन सोचिँदैन यसतर्फ ?

नेपाली अन्तरिक्षमा जान सम्भव छ ?
अवश्य, अबको एक दशकभित्र नेपाली आमाका सन्तान पनि अन्तरिक्षमा जानेछन् तर धेरै चुनौतीसँंग सङ्घर्ष गर्नु पर्ने हुन्छ । जस्तै ः आर्थिक सहयोग, साथसमर्थन, हौसला तथा प्रोत्साहन चाहिन्छ । उदाहरणका लागि नासाको अन्तरिक्ष यात्री हुनुभन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ, सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लगेर अन्तरिक्षमा पुग्दा नेपाली आमालाई साँचै खुशी बनाउन सकिएला त ? म नेपाली आमाको सन्तान हुँ, नेपाली रगत पनि अन्तरिक्षमा पु¥याउन चाहन्छु, जस्तोसुकै परिस्थितिसँग लड्न तयार छु भन्नेलाई राज्यले पूर्णरूपमा साथ समर्थन, हौसला तथा प्रोत्साहन साथै आर्थिक भौतिक सहयोग गर्नुपर्छ । व्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इतिहासमा समावेश हुने काम हुन्छ यस्तो ।
(लेखक कर्णाली विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अध्यक्ष हुनुहुन्छ ।)