प्रकाशित: रिपोर्टस नेपाल, हाम्रो पात्रो,सेतोखबर, प्रशाशन, नागरिक समाज, सफल खबर,

वसन्त कुमार शाही : COVID 19 एउटा रोग हो जो strain of corona virus बाट लाग्द छ। COVID 19 को पुरारुप यस प्रकार रहेको छ CO भन्नाले corona, VI भन्नाले virus, D भन्नाले disease(रोग) र 19 भन्नाले पहिलो पटक महामारीको रुपमा फैलिएको र देखिएको स.न.२०१९ मा। यो जीवाणु फोक्सोको Bronchial tubes र Alveoli लाई damage (संक्रणमीत गर्दछ) यस्लाई Acute Severe Respiratory Virus पनि भन्ने गरिन्छ।

COVID 19 कसरी सर्दछ?

अहिले सम्म अध्यन अनुसार एक संक्रणमीत बाट अर्को निरोगी ब्याक्तीको गरिब ४ फिट नजिक सम्पर्कमा आउँदा सर्ने गरेको छ, साथै खोक्दा, जथाभावी खकार फाल्दा, शरीरको र्याल, प्रयोग गरेका कपडा, असुरक्षित स्थान, भिडभाड, ब्याक्तिगत सरसफाइ कमी, सडेघलेको खाद्यान्न, माछामासु, फलफूल इत्यादी बाट पनि सर्दछ। चिनिया बैज्ञानिकका अनुसार यो भाईरस जनावर बाट विकसित भएर मानव जातिमा क्रान्ति गरेको दावी छ तर कुनै प्रमाण अहिले सम्म भेटिएको छैन ।त्यही भएर बैज्ञानिक हरुले अहिलेको परिस्थिति लाई मध्यनजर गर्दै माछामासु सेवन नगर्न तथा जनावर हरु बाट सतर्क रहन पनि अनुरोध गरेका छन।

COVID 19 ले मानव जातिको कुन कुन अङ्गमा आक्रमण तथा खतरा गर्दछ?

बिशेष गरि यो Virus सिधै मानव शरीरको फोक्सोको Bronchial tubes मा घाउ बनाउन्छ बिस्तारै २०-२८ दिन पछि Alveoli र Lungs sacs बिग्रीन जान्छ जस्ले गर्दा बिरामी लाई स्वास फेर्न र स्वास लिन एकदम कठिनाई हुने हुँदा शरीर र मस्तिष्कमा Oxygen को कमि हुँदै जादा १०४ डिर्गी सम्म्म ज्वरो समेत हुने भएकोले बिरामी critical phase मा गई निधन समेत हुन जान्छ।

COVID 19 ले विश्वमा कसरी क्रान्ति गरिरहेको छ?

हामिले ले बुझ्नु पर्दछ भने COVID 19 एक जीवाणु मात्र नभएर(World Biological War) विश्व जीवाणु युद्ध पनि बुझ्न सकिन्छ। विश्व रास्ट्र संघमा सदस्य भएका १९३ रास्ट्रमा झण्डै ४५,३०,००० संक्रणमित, ३,१०,००० संक्रणमितको निधन भईसकेको छ। अझै संक्रणमित हुने लगभग २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्यनले देखाएको छ। February बाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाखा भन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० बिश्वबिद्धालय तथा बिधालय बन्द रहेका छन भने करिब ४ अर्ब मानिसहरु Lockdown मा सिकार भईराखेका छन। अहिले मानव जातिमा बिशेष गरि १०-१८ मुनिका बालबालिका र ५५-६५ बर्ष वृद्धि हरुमा १३.५०% ले डिप्रेशन देखिएको छ र गर्वती महिलाको संख्या दर २१.०१% ले वृद्धि रहेको छ। यसरी बिश्वको Lockdown १ बर्ष सम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब ७०-८०% कमि हुने जस्ले प्रत्येक्ष बिकास निर्माणमा असर पार्ने छ साथै वायुमण्डलको हावा गरि एक करोड बर्ष पहिलेको जस्तो स्वस्छ, निलो आकाश, स्वच्छ हावा, वायुमण्डलिय प्रदुषण गरिब १२.०४% घट्दै जाने छ।

के COVID 19 को औषधि/ भेक्सिन बन्छ त ?

अबस्य, बिश्वका ८०० भन्दा बढी अनुसन्धान कर्ता, बैज्ञानिक हरु रप्तारमा सक्रिय भएर प्रयोगशालामा रातदिन खटिरहेका छन। अबको ८-१४ महिना भित्र औषधि तथा भेक्सिन पुर्ण रुपमा प्रयोगमा आउने र विश्वका आममानव सम्म आईपुग्न गरिब २२-२८ महिना समय लाग्ने विश्व स्वास्थ्य सङठन WHO र नेशनल हेल्थ रिसर्च सेन्टर अमेरिकाले प्रतिबद्धता गरेको छ।

World Biological War मा कसरी एक जुट भई सकट बाट मुक्त हुन सकिन्छ?

विश्वमा १९३ सदस्य भएका रास्ट्रहरु करिब ६ अर्ब ५० करोड मानव, खर्बौ जीवाणुहरुको एक बिशाल घर पृथ्वी हो अनगिन्ती ग्रह तारा, आकाशगङा मध्य एक मात्र हो पृथ्वी जहाँ मानव जातिको अस्तित्व रहेको छ। यो सकटमा सबै हातेमालो, एक जुट, हाम्रो पृथ्वी बाट COVID 19 को अन्त्य गर्नु पर्छ नत्र मानव अस्तित्व नै समाप्त हुन सक्ने खतरा हरेको छ। सबै देशहरु मिलेर आ-आफ्नो रास्ट्रमा COVID 19 बिरोध रोगथाम तथा निर्मुनिकरण गर्न सबै लाग्नु पर्दछ। फ्रान्स, अमेरिका, बेलायत, चीन, ईन्डिया, रुस हरुले आफ्नो देशका नागरिक हरु लाई भाईरस बाट बचाउ कस्ले पहिलो COVID 19 को औषधि तथा भेक्सिन बनाउन सक्छ भनेर रातारात कठिन मिहेनत गरि राखेका छन भने दु:खद लाग्ने हाम्रो नेपाल देशमा देश बनाउन हिडेका नेताहरु कुर्सी र सत्ताको रातादिन तानातान गरिरहेका छन् । जनता हरु भोक भोकै तड्पिदै छन सरकार मोन छ गल्ती कस्को ?

के नेपाल सरकारले COVID 19 संग कसरी लडन सक्छ?

धेरै विकल्प रहेको छन जस मध्य सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धान कर्ता तथा बैज्ञानिक हरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ। अथवा नेपाल हेल्थ रिसर्च परिषद् तथा सरुवा रोग टेकु र अन्य औषधि उत्पादन कम्पनी संग सहकार्य गरि COVID 19 को औषधि तथा भेक्सिन बिकास गर्न सकिन्छ।
नेपालको झण्डै २,८०,००,००० सम्पुर्ण मानिस मा COVID 19 परिक्षण गराउनु पर्छ सबै बिदेश बाट आउने नाका सिल गरि, COVID 19 देखिएका हरु लाई हिमाली भाग मा अस्पताल बनाएर त्यहाँ थप परिक्षण तथा उपचार गराउनु पर्छ। त्यस पछि नेपाल भित्र मा नाक (Lockdown) खुली राज्यले आफ्ना गतिविधि हरु तिव्र गतिमा लाग्नु पर्छ।

वसन्त कुमार शाही
युवा बैज्ञानिक
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड स.न. २०१३ पेरिस फ्रान्स
कर्णालीको पहिलो “राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७

प्रकाशित: अर्थ सरोकार
कोरोना भाईरस (कोभिड-१९) ले गर्दा करिव ४ अर्व मानिसहरु लकडाउनको सिकार भइरहेका छन् । हरेक देशका नागरिकहरु आफ्नै देशमा सुरक्षित साथ बसिरहेका छन् भने करिब ९० करोड ५० लाख मानिसहरु अन्य देशको लकडाउनमा असुरक्षित रहेका छन् । प्रत्येक देशले आ-आफ्ना नागरिकहरुलाई सुरक्षित उद्धार गरिरहेका छन् भने ४७ देशहरु उद्धार गरिसकेका छन् । नेपालमा पनि झण्डै ४० लाख, ९० हजार नागरिकहरु बिदेशमा रहेका छन् भने सबै भन्दा बढी छिमेकी राष्ट्र भारतमा करिब १५ लाख रहेका अनुमान गरिएको छ । भारतबाट मात्र करिब १० लाख नागरिकहरु नेपाल आउन तयारी रहेको नयाँ दिल्ली स्थिति नेपाली दुतावासले जनाएको छ । नेपाली नागरिकहरु लाई सुरक्षित साथ उद्धार गर्न सकिने निम्न विधिहरु रहेका छन् ।
भारतमा रहेका नागरिक नेपाल आउने चाहानेहरुको नामावली तयार गर्ने । भारतको कुन स्थानबाट नेपालको कुन प्रदेशको पालिकासम्म नेपाल सरकारले भारतमा रहेको दुतावासले नीज नागरिक रहेको स्थानिय अस्पताल र प्रहरीसँग समन्वय गरी भारतको स्थानीय तहबाट आरडिटि परिक्षण गराउने कुनै लाई पोजेटिभ (कोरोना देखियो) भने संक्रमित ब्यक्तिलाई त्यहीँ आईसोलेसनमा राख्ने । अन्यलाई बसमा राखी नेपालको बोर्डरसम्म ल्याउने । तिनीहरुलाई नेपालमा प्रवेश गराउनु भन्दा पहिला फेरि आरडिटि परिक्षण गराउने कोरोना देखिएकालाई त्यहीँ राम्रोसँग आईसोलेशनमा राखी थप उपचार तथा परिक्षण गराउने । संक्रमण नदेखिएको लाई नेपालको बसमा राखी बसको सबै ढोका तथा झ्याल बन्द गराई कतै नखोली दिशा पिशाब गराउनु पर्यो भने पनि करिब ५० किलोमीटर दुरीमा रहेको सुनशान जङ्गलमा गराउने दिशा तथा पिसाब, र्याल, खकार फालेको ठाउँमा माटोले तोड्ने । यसरी प्रत्येकको स्थानीय तहसम्म पुर्याउने । अहिले हाम्रोमा क्वारेन्टाइन गाउँको नजिकको बिधालयमा बनाएको छ, यो नै सबै भन्दा खतरानाजनक हो । हाम्रो नेपालमा हिमाली भाग जहाँ ५०-२०० किलोमीटर सम्म नजिक कुनैको बासस्थान छैन् त्यो ठाउँमा राज्यले WHO को मापदण्ड अनुसार क्वारेन्टाइन बनाउनुपर्छ । बाहिर देशबाट आएका नागरिकलाई त्यही थप परिक्षण तथा उपचार गराउनु पर्दछ ।
प्रश्न यो पनि आउन सक्छ राज्यले १० लाख भारत बाट आउने नागरिकको प्रत्येक लाई कसरी परिक्षण गराउन सक्छ ? मेडोसियन स्यान कम्पनीका अनुसार आरडिटि परिक्षण गरेको $5 अथवा रु. ५२० रहेको छ। भने जम्मा खर्च ५००*१०,००,०००= रु. ५० करोड खर्च हुन जान्छ । तिनीहरु उद्धार गर्न लाग्ने अन्य खर्च रु २० करोड, क्वारेन्टाइन बनाउन २० करोड, व्यबस्थापन गर्न १० करोड जम्म रु. १ अर्ब हुन जान्छ । आफ्ना देशका नागरिक लाई सकुशल उद्धार गर्न लाग्ने १ अर्ब लाई पनि कहाँ बाट ल्याउने भन्छ भने राज्यले, २ करोड ८० लाख नागरिकले प्रत्येकले ४५ पैसा मात्र उठाए पनि यो अनुकरणीय मानद्निय काम गर्न सकिन्छ ।
राज्य किन मौन छ ? खर्बौ भ्रष्टाचार हुने देशमा आफ्नै नागरिकलाई उद्धार गर्न १ अर्ब खर्च गर्न नसक्ने ? परिक्षण गरेर कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर निरन्तर परिक्षण गरिसकेपछि त्यस्तो कुनै किसिमको लक्षण देखिएन भने नागरिकहरु लाई आ-आफ्नो घर पठाउन सकिन्छ । यसरी गर्दा अन्य देशबाट आएका नागरिकहरुले गर्दा स्वदेशमै भएका नागरिकहरु लाई संक्रमण हुने न्युन रहन जान्छ । हरेक नागरिकको कानसम्म पुग्ने संदेश मुलक आवाज केन्द्र सरकर देखी स्थानीय सरकार सम्म जनचेतनामुलक सन्देश पठाउनु पर्छ । गाउँको विद्यालयमा बनाएको क्वारेन्टाइनलाई हिमाली पहाड अथवा ५०-८० किलोमीटर वासस्थान नभएको स्थानमा क्वारेन्टाइन बनाउनु पर्दछ । कोरोना भाईरस ब्यक्तिको सम्पर्कबाट मात्र नभएर हावाको माध्यमबाट पनि केही दुरीसम्म सजिलै सर्ने भएकोले विद्यालयका क्वारेन्टाइन तत्काल अन्य क्षेत्रमा सार्न सकिन्छ । स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीहरुलाई अत्याधुनिक पोशाकको (PPE) राज्यले तुरुन्तै उपलब्ध गराउनु पर्दछ ।
स्वदेशमै रहेका नागरिक अथवा जोखिम क्षेत्र रहेका आ-आफ्नो पालिकाले आफ्नो नागरिको आरडिटि परिक्षण गराउनु पर्दछ । पोजेटिभ देखिएकोहरुलाई आईसोलेशनमा थप परिक्षण तथा उपचार गराउने । सबै नागरिक र सरकार एकजुट भएर यो सकटबाट मुक्ति गराउनुपर्छ । धेरै विकल्प रहेको छन्, जसमध्ये सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धानकर्ता तथा बैज्ञानिकहरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ ।
नेपालको झण्डै २,८०,००,००० सम्पूर्ण मानिसमा COVID 19 परिक्षण गराउनु पर्छ सबै बिदेशबाट आउने नाका सिल गरी, COVID 19 देखिएकाहरुलाई हिमाली भागमा अस्पताल बनाएर त्यहाँ थप परिक्षण तथा उपचार गराउनुपर्छ । त्यसपछि नेपालभित्र लकडाउन खोली राज्यले आफ्ना गतिविधिहरु तिव्र गतिमा बिकास निर्माणको काममा लगाउन सक्छ ।
विश्व रास्ट्र संघमा सदस्य भएका १९३ रास्ट्रमा झण्डै ५१,९४,००० संक्रणमित, ३,३४,६०० संक्रणमितको निधन भईसकेको छ । अझै संक्रणमित हुने लगभग २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्ययनले देखाएको छ । फेब्रुअरीबाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाखभन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० विश्वविद्यालय तथा विद्यालय बन्द रहेका छन भने करिब ४ अर्व मानिसहरु लकडाउनको सिकार भईराखेका छन् । अहिले मानव जातिमा बिशेष गरी १०-१८ मुनिका बालबालिका र ५५-६५ बर्ष वृद्धि हरुमा १३.५०% ले डिप्रेशन देखिएको छ र गर्वति महिलाको संख्या दर २१.०१%ले वृद्धि रहेको छ । यसरी विश्वको Lockdown १ बर्ष सम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब ७०-८०% कमि हुने देखिएको छ जसले प्रत्यक्ष असर बिकास निर्माणका काममा पार्ने छ ।
घरमै बसौँ ! कोरोनाविरुद्ध लडौँ !!
वसन्त कुमार शाही 
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड स.न. २०१३, पेरिस, फ्रान्स 
कर्णालीको पहिलो “राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७ 
अध्यक्ष: कर्णाली बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र 
केन्द्रीय सदस्य: राष्ट्रिय युवा प्रतिभा तथा उधमी संजाल, नेपाल सरकार