प्रकाशित: गोरखापत्र अनलाईन 

अन्तरिक्ष त्यो हो जहाँ धेरै आकाशगङ्गा जहाँ खर्बौं तारा, करोडौँ एस्ट्रोइड (उल्का), उपग्रह, लाखौँ ग्रहहरू छन् । यीमध्ये अति सुन्दर, रमणीय वातावरण, मानव अस्तित्व रहेको एक मात्र ग्रह हो हाम्रो पृथ्वी । अरू कुनै स्थानमा अहिलेसम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन ।
पृथ्वीदेखि ९९.५ किलोमिटर माथि आकाशलाई अन्तरिक्ष (स्पेस) भनिन्छ जहाँ शून्य वायुमण्डल, सुनसान, तीव्र तापक्रम, शून्य गुरुत्वाकर्षण बल (ग्राभिटी ) छ । वैज्ञानिकहरूको लामो समय मिहिनेत र अनुसन्धानपछि पहिलोपटक सन् १२ अप्रिल १९६१ मा रूस (तत्कालीन सोभियत सङ्घ) ले युरी गागरिनसहित अन्तरिक्षयान अन्तरिक्षमा पठाएको थियो । अन्तरिक्षयात्रीलाई बस्न, खाना, इन्धन सामान राख्न, इत्यादि गर्नका लागि मिर स्पेस स्टेशन (सानो घर) सन् १९८६ मा सोभियत सङ्घले नै बनाएको थियो जो पृथ्वीबाट झण्डै ३५८ किलोमिटर टाढा आकाशमा थियो भने ७.६९ किलोमिटर प्रति सेकेन्डका दरले हाम्रो पृथ्वीलाई चक्कर लगाइरहेको थियो । यो निर्माण गर्न जम्मा खर्च ४.२ बिलियन अमेरिकी डलर (करिब ५.५ अर्ब नेपाली रुपियाँ) भएको थियो । सन् १९९८ नोभेम्बर २० मा पृथ्वीबाट रुसले प्रोटोन (अणु) रकेटबाट अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पठाएको थियो जसमा १५० बिलियन अमेरिकी डलर खर्च गरेको थियो । अर्थात् नेपालको कुल बजेट २०१९–२०२० को १०.९२ गुणा बढी खर्च लागेको थियो आईएसएस निर्माण र स्थापना गर्न ।
सन् २००० देखि अन्तरिक्षयात्री आईसएसमा बस्दै आइरहेका छन् । यसले पृथ्वीको परिक्रमा गर्न ९० मिनेट समय लगाउँछ भने पृथ्वीदेखि ४०८ किलोमिटर टाढा आकाशमा छ ।
सन् २०२० मार्चसम्म दुई हजार २१८ मानव निर्मित भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा छन् भने तिनीहरूले आआफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटोसमेत खिच्ने गर्दछन् ।

अन्तरिक्षका यात्री कति ?
विश्वमा प्रोफेसनल (व्यावसायिक) रूपमा सबैभन्दा कम अन्तरिक्ष यात्री (एस्ट््रोनउट) छन् । अन्तरिक्षयात्री बन्न सोचेजस्तो सरल छैन । धेरै कठिन प्रायोगिक, मानसिक राम्रो, करिब पाँच विज्ञान विद्याको ज्ञान भएको, पूर्णरूपमा निरोगी, निरन्तर दुई वर्षको शून्य गुरुत्व बलको तालिम, समुद्रमुनिको तालिम, केही समयको लागि बिना अक्सिजन, बिना लाइट सङ्घर्षपूर्ण तालिममा उत्तीर्ण भएपछि मात्र अन्तरिक्षयात्रीका लागि निवेदन दिन पाइन्छ । गतवर्ष मात्र नासाले १८ हजार छ सय उम्मेदवारको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जनालाई मात्र छनोट गरेको थियो । ०.१५ ले मात्र जागिर पाउने अथवा अन्तरिक्षमा जाने मौका पाउँछन् । यति न्यून सम्भावना हुँदा पनि मानिस कहिल्यै निराश भएका छैनन् ।
हालसम्म ५७२ जना अन्तरिक्षमा गइसकेका छन् भने १९ जना अन्तरिक्षयात्रीले प्राविधिक गल्तीका कारण ज्यान गुमाएका छन् ।

खर्च कति ?
अन्तरिक्षयात्री हुनका लागि न्यूनतम विज्ञानधारतर्फ स्नातक अथवा एक हजार घण्टा जेट प्लेन उडाएकाहरूले अन्तरिक्ष यात्रीको तालिमका लागि निवेदन दिन सक्छन् । दुईवर्षे धेरै महँगो हुने भएकाले गरिब देशका तथा विपन्न परिवारका सदस्यका लागि असम्भव हुन जान्छ । इच्छुक, जेहेन्दारलाई राज्यकोषबाटै अनुदान तथा छात्रवृत्ति दिनुपर्ने हुन्छ । दुई वर्षको तालिम खर्च मात्र रु. दुई–तीन
करोड हुनपुग्छ ।
एक अन्तरिक्षयात्रीले लगाउने पोशाक – युनिफर्मको मात्र ४५०–६०० मिलियन अमेरिकी डलर (नेपाली पाँचदेखि–१०२ करोड रुपियाँ ) पर्दछ । एक दिनको खाना खर्च मात्र २०– ८० हजारको पर्न आउँछ ।

किन स्पेस एजेन्सीहरूले खर्बौं डलर खर्च गरिराखेका छन् त ?
सन् १९६० देखि यता अन्तरिक्षका विभिन्न स्थान जस्तै–चन्द्रमा, मङ्गल ग्रह, केपलर २० ई आदि) मा मानव जातिको वासस्थान सम्भाव्यता खोजी गर्न वैज्ञानिक र स्पेस एजेन्सीहरू लागिपरेका छन् । वैज्ञानिकहरूको विश्वास छ कि अबको ७०–९० वर्षसम्ममा करिब १० लाख मानिस अन्तरिक्षमा र अन्य ग्रहमा हुनेछन् किनभने विज्ञान तथा प्रविधिको तीव्र गतिमा विकास हँुदैछ । त्यो बेला मानव जातिको लागि रोजाइ, सुरक्षित स्थान ती ग्रह, उपग्रहहरू रहनेछन् । त्यही भएर अहिले स्पेस एजेन्सी र विकसित राष्ट्रहरूले खर्बौं खर्च गरिरहेका छन् । पछिल्लो केही दशकदेखि मानव जातिले अन्तरिक्षका बारेमा धेरै चासो राख्दै आइरहेका छन् । अहिले पृथ्वीको एक टुक्रा जमिनको पनि कारोबार भइराखेको छ भने अबको केही दशकपछि ती ग्रह, उपग्रहमा पनि यसरी कारोबार हुनेछ ।
नेपाल सरकारले पनि अवश्य नै अन्तरिक्ष अभियान तथा संस्था अगाडि बढाउन सक्छ तर नीति बनाएर कार्यान्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ । अहिलेसम्म नेपालमा कुनै पनि अन्तरिक्ष सम्बन्धित सरकारी निकाय छैनन् । नेपाल एस्ट्रेनोमिकल सोसाइटी (नासो) ले अन्तरिक्ष सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्ष सम्बन्धित चासो राख्ने युवालाई सम्मेलन तथा पाठन गर्ने काम गरिराखेको छ । अहिलेको युगमा नेपाल सरकारले पनि अन्तरिक्ष अन्वेषण र अभियान चलाउनुपर्ने हो । गत २०७५ देखि मात्र नेपालमा पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसले बी–टेक एरोस्पेस इञ्जिनियरिङ कार्यक्रम ल्याएको छ । सुरुवात त हुँदैछ अब नेपालले पनि चाँडै आफ्नै देशमा उत्पादन गरेका एरोस्पेस इञ्जिनियरहरू देख्न पाउनेछ । ९१.०१ प्रतिशत अन्तरिक्षयात्रीहरू बी– टेकबाट नै बनेका छन् ।
सायद नेपाल सरकारले आफ्नै स्पेस एजेन्सी अथवा संस्था बनाएर अन्तरिक्षमा रकेट पठाउन ५०–६० वर्ष समय लाग्न सक्छ । सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नुप¥यो । त्योभन्दा ठूलो कुरो आर्थिक भार हुन जान्छ । एकपटक मात्र रकेट पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९–२० को कुल बजेटको १० गुणा चाहिन्छ कहाँबाट ल्याउने ?
अर्बौं रुपियाँ भ्रष्टाचार भइराखेको छ, दिन प्रतिदिन अनावश्यक खर्च बढिराखेको छ । त्यो सबै नियन्त्रण गरेर थोपा थोपा मिलेर समुद्र बन्छ भने झैँ ५० वर्ष लाग्नेलाई पाँच दश वर्षमै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्ष सम्बन्धित न त मन्त्रालय, न त विभाग नै छैन । किन सोचिँदैन यसतर्फ ?

नेपाली अन्तरिक्षमा जान सम्भव छ ?
अवश्य, अबको एक दशकभित्र नेपाली आमाका सन्तान पनि अन्तरिक्षमा जानेछन् तर धेरै चुनौतीसँंग सङ्घर्ष गर्नु पर्ने हुन्छ । जस्तै ः आर्थिक सहयोग, साथसमर्थन, हौसला तथा प्रोत्साहन चाहिन्छ । उदाहरणका लागि नासाको अन्तरिक्ष यात्री हुनुभन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ, सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लगेर अन्तरिक्षमा पुग्दा नेपाली आमालाई साँचै खुशी बनाउन सकिएला त ? म नेपाली आमाको सन्तान हुँ, नेपाली रगत पनि अन्तरिक्षमा पु¥याउन चाहन्छु, जस्तोसुकै परिस्थितिसँग लड्न तयार छु भन्नेलाई राज्यले पूर्णरूपमा साथ समर्थन, हौसला तथा प्रोत्साहन साथै आर्थिक भौतिक सहयोग गर्नुपर्छ । व्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इतिहासमा समावेश हुने काम हुन्छ यस्तो ।
(लेखक कर्णाली विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अध्यक्ष हुनुहुन्छ ।) 

प्रकाशित: शिलापत्र, नियात्रा टिभी, साझा सवाल,

आकाशगङ्गामा खर्बाैं तारा, करोडौँ आस्टरोइड उपग्रह, लाखौँ ग्रह छन्, यी कुनै पनि ग्रह उपग्रहमा अहिलेसम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन । तर, अति सुन्दर, रमणीय वातावरणमा मानव जातिको अस्तित्व रहेको एक मात्र ग्रह हो, हाम्रो पृथ्वी ।

पृथ्वीदेखि ९९.५ किलोमिटरमाथि आकाशलाई अन्तरिक्ष भनिन्छ, जहाँ शून्य वायुमण्डल, सुनसान, तीव्र तापक्रम, शून्य गुरुत्वाकर्षण बल रहेको छ । वैज्ञानिकहरूको लामो समयको मिहिनेत र अनुसन्धानपछि पहिलो पटक मानवसहित १२ अप्रिल १९६१ मा अन्तरिक्षयात्री युरी गागरिनलाई रूसले पठाएको थियो ।

अन्तरिक्षयात्रीलाई बस्न, सामान राख्न, इन्धन, खाना इत्यादिका लागि मिर स्पेस स्टेसन (सानो घर) १९८६ मा सोभियत संघले बनाएको थियो । याे स्टेसन पृथ्वीबाट झण्डै ३ सय ५८ किलोमिटर टाढा आकाशमा थियो भने ७.६९ किलोमिटर प्रतिसेकेन्डका दरले हाम्रो पृथ्वीलाई चक्कर लागाइरहेको थियो ।

यो निर्माण गर्न जम्मा खर्च ४.२ विलियन अमेरिकन डलर (करिब ५.५ अर्ब नेपाली रुपैयाँ) खर्च भएको थियो । विज्ञान तथा प्रविधिको तीव्र विकासले २० नोभेम्बर, १९९८ इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) पृथ्वीबाट रसियन प्रोटोल रकेटबाट अन्तरिक्ष (स्पेस) मा पठाइएको थियो । यसका लागि १ सय ५० विलियन अमेरिकी डलर खर्च गरिएकाे थियो । नेपालको कुल बजेट १३.७२ विलियन अमेरिकी डलर छ । आईएसएस स्थापनाका लागि २०१९–२०२० को नेपालको कुल बजेटभन्दा १०.९२ गुणा बढी खर्च लागेको थियो ।

२००० देखि अन्तरिक्षयात्री आईएसएसमा बस्दै आएका छन् । पृथ्वीदेखि ४ सय ८ किलोमिटर टाढा रहेकाे आईएसएसले पृथ्वीको परिक्रमा गर्न ९० मिनेट समय लगाउँछ  ।

२०२० मार्चसम्म २ हजार २ सय १८ मानव निर्मित भूउपग्रह अन्तरिक्षमा छन् भने तिनीहरूले आ–आफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटोसमेत खिच्ने गर्दछन् ।

हालसम्म कति अन्तरिक्षयात्री अन्तरिक्षमा (स्पेस) मा गएका छन ?

विश्वमा सबैभन्दा कम प्रोफेसनल रूपमा अन्तरिक्षयात्री छन् । अन्तरिक्षयात्री बन्नु सोचेजस्तो सरल काम हाेइन । मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । करिब ५ विज्ञान विद्याको ज्ञान भएको हुनुपर्छ । पूर्ण रूपमा निरोगी, निरन्तर २ वर्षको शून्य गुरुत्व बलको तालिम, समुन्द्रमुनिको तालिम, केही समयका लागि विनाअक्सिजन, विनालाइट संघर्षमै तालिम पास भएपछि मात्र अन्तरिक्षयात्रीका लागि निवेदन दिन मिल्छ ।

गत वर्ष मात्र नासाले १८ हजार ६ सय उम्मेदवारहरूको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जनालाई मात्र छनोट गरेको थियो ०.१५ ले  मात्र जागिर पाउने अथवा अन्तरिक्षमा जाने मौका पाउँछन् । यति न्यून सम्भावना हुँदा पनि मानिसहरूले प्रयासचाहिँ गरिरहेका हुन्छन् ।

हालसम्म ५ सय ७२ जना अन्तरिक्षमा गइसकेका छन् भने १९ जना अन्तरिक्षयात्रीहरूले प्राविधिक गल्तीका कारण ज्यान गुमाएका छन् ।

अन्तरिक्षमा पठाउँदा एक अन्तरिक्षयात्रीका लागि कति खर्च हुन्छ ?

अन्तरिक्षयात्री हुनका लागि न्यूनतम विज्ञान संकायमा स्नातक अथवा १ हजार घण्टा जेट प्लेन उडाएको अनुभव हुनुपर्छ । २ वर्षे तालिम धेरै महँगो हुने भएकाले गरिब देश तथा विपन्न परिवारका सदस्यका लागि असम्भव हुन जान्छ । इच्छुक जेहनदारलाई राज्यको कोषबाटै अनुदान तथा छात्रवृत्ति दिनुपर्ने हो । २ वर्षको तालिम खर्च मात्र २–३ करोड हुन्छ ।

एक अन्तरिक्षयात्रीले लगाउने स्पेससुट युनिफर्मको मात्र ४ सय ५० देखि ६ सय मिलियन अमेरिकी डलर (नेपाली ५० करोडदेखि १ अर्ब २ करोडसम्म) पर्दछ । एक दिनको खाना खर्च मात्र २० देखि  ८० हजारसम्म पर्न जान्छ ।

किन अहिले विश्वका स्पेस एजेन्सीहरूले खर्बौं डलर खर्च गरिरहेका छन् ?

सन् १९६० यता वैज्ञानिकहरूको गन्तव्य अन्तरिक्षका विभिन्न स्थान जस्तै: चन्द्रमा, मंगल ग्रह, ‘किप्लर–२० ई’ इत्यादितिर छ । यी ठाउँमा मानव बस्ती बसाउनका लागि वैज्ञानिक र स्पेस एजेन्सीहरू रातदिन खटिइरहेका छन् ।

हामी यतिसम्म ढुक्क हुन सक्छौँ कि अबको ७०(९० वर्षसम्म गरिब १० लाख मानिसहरू अन्तरिक्षमा र अन्य ग्रहमा हुनेछन्, किन भने विज्ञान तथा प्रविधिको तीव्र गतिमा विकास हुँदै छ। त्यो बेला मानव जातिका लागि रोजाइ, सुरक्षित स्थान ती ग्रह, उपग्रहहरू रहनेछन् । त्यही भएर अहिले स्पेस एजेन्सी र विकसित रास्ट्रहरू खर्बौं खर्च गरिरहेका छन् ।

पछिल्लो केही दशकदेखि मानव जातिले अन्तरिक्षका बारेमा धेरै चासो राख्दै आइरहेका छन् । अहिले पृथ्वीको एक टुक्रा जमिनको पनि कारोबार भइराखेको छ भने अबको केही दशकपछि ती ग्रह, उपग्रहहरूमा पनि यसरी नै कारोबार सुरु हुनेमा दुई मत छैन ।

के नेपाल सरकारले अन्तरिक्ष अभियान तथा संस्था बनाउन सक्छ ?

अवश्य, तर नीति बनाएर कार्यान्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ। अहिलेसम्म नेपालमा कुनै पनि अन्तरिक्षसँग सम्बन्धित सरकारी निकाय छैन । नेपाल एस्ट्राेनाेमिकल साेसाइटी (नासाे) ले अन्तरिक्षसँग सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्षसम्बन्धी चासो राख्ने युवाहरूलाई सम्मेलन तथा पठनपाठन गर्ने काम गरिराखेको छ।

अहिलेको २१औँ शताब्दीमा नेपाल सरकारले पनि स्पेस एक्सप्लाेरेसन र अभियान ल्याउनुपर्ने हो । गत २०७५ देखि मात्र नेपालमा बीटेक एराेस्पेस इन्जिनियरिङ पुल्चोकले ल्याएको छ । सुरुवात त हुँदै छ। अब नेपालले पनि चाँडै आफ्नै देशमा उत्पादन गरेका स्पेस एक्सप्लाेरेसनहरू हेर्न पाउनेछ। ९१.०१५ अन्तरिक्षयात्रीहरू बीटेकबाट नै छन् ।

शायद, नेपाल सरकारले आफ्नै स्पेस एजेन्सी अथवा संस्था बनाएर अन्तरिक्षमा रकेट पठाउन करिब ५०/६० वर्ष लाग्न सक्छ । सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नुपर्‍याे । त्योभन्दा ठूलो कुरा आर्थिक भार हुन जान्छ । एक पटक  मात्र रकेट पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९/२० को कुल बजेटकाे १० गुणा चाहिन्छ, यस्ताे ठूलाे बजेट कहाँ बाट ल्याउने ?

खर्बाैं भ्रष्टाचार भइराखेको छ । दिन प्रतिदिन अनावश्यक खर्च बढिराखेको छ । त्यो सबैलाई नियन्त्रण गरेर थोपाथोपा मिलेर समुद्र बन्छ भनेझैँ ५० वर्ष लाग्नेलाई ५/१० वर्षमै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्षसँग सम्बन्धित न त मन्त्रालय, न त विभाग नै छ, आखिर किन ?

के नेपाली वैज्ञानिकहरू अन्तरिक्षयात्री बनेर अर्को देशको नागरिक भएर अन्तरिक्षमा जान सक्लान् त ?

अवश्य, अबको एक दशकभित्र नेपाली आमाका सन्तान पनि अन्तरिक्षमा जानेछन् । तर, धेरै चुनौतीहरूसँग सघर्ष गर्नुपर्नेछ (जस्तैः  आर्थिक भार, साथ समर्थन, हौसला तथा प्रोत्साहन) ।

उदाहरणका लागि नासाको अन्तरिक्षयात्री हुनुभन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ । सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लिएर भए पनि अन्तरिक्षमा गएर नेपाली आमालाई खुसी राख्नेछन् भन्ने हामीहरूले आशा गरौँ । यो चाँडै देख्न र सुन्न पाइयोस् ।

कसैले म नेपाली आमाको सन्तान हुँ, म नेपाली रगत पनि अन्तरिक्षमा पुर्‍याउन चाहन्छु, म जस्तोसुकै परिस्थितिसँग लड्न तयार छु भन्ने बहादुर छोरा/छोरीलाई राज्यले पूर्ण रूपमा साथ, समर्थन, हौसला तथा प्रोत्साहनका साथै आर्थिक र भौतिक सहयोग गर्नुपर्छ। व्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इस्तिहासमा समावेश हुने भएकाले सबै एकजुट भएर सहकार्य गर्नुपर्छ ।

(लेखक शाही कर्णाली विज्ञान तथा प्रविधि केन्द्रका अध्यक्ष एवं राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जालका केन्द्रीय सदस्य हुन् । सं.)